नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर ११ मा देबेन्द्र

५ असार, मेचीनगर : नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर ११ नम्बर वडाको प्रथम वडा अधिवेशन देवेन्द्र थेवेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । झापाको मेचीनगरस्थित वानियाँ गाउँ जालपा सामुदायिक भवनमा सम्पन्न अधिवेशनले थेवेको अध्यक्षतामा २१ सदस्यीय नयाँ समिति चयन भएको छ ।

मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमितिको उपाध्यक्षमा सुमित्रा तामाङ, इन्द्रकमल प्रधान तथा महिला उपाध्यक्ष संगीता राजवंशी चयन हुनुभएको छ । सचिवमा खेम राई, सहसचिवमा नीलु गुरुङ, जस्मिना कवर र सुमित्रा धिमाल तथा कोषाध्यक्षमा पूजा चौधरी हुनुहुन्छ ।

त्यसैगरी सदस्यहरूमा राधिका चौधरी, नरबहादुर लिम्बु, भरत मेचे, शान्ति मेचे, सन्तबहादुर तामाङ, शरु राई , पूजा राजंवशी, गीता धिमाल, उर्मिला मगर, गंगा मगर, मुना श्रेष्ठ, प्रदिप गुरुङ रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले नयाँ समितिलाई शुभकामना तथा बधाई दिदैँ आदिवासी जनजाति समुदायको एकता अझै मजबुत हुनेमा जोड दिनुभयो ।

शुक्रराज थेवे ,लक्ष्मण सुब्बा, लिलन प्रसाई, ज्ञानबहादुर मगर, रमेश तामङ, सागर ओली, सन्तोष मेचे, रुद्र डाँगी, ओमप्रकाश खापुङ, हिर्दय राजवंशी , पाण्डवलाल चौधरी, हरिचरण बानियाँलगायतले बोल्नुभएको थियो । शम्भु राजंवशीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इन्द्रकमल प्रधान सचिव र स्वागत सुमित्रा तामाङले गर्नुभएको थियो ।

 

Exit mobile version