मेचीनगर, १७ फागुन : मेचीनगर नगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले तीनदिने सामुदायिक कुकुरको बन्ध्याकरण शिविर मंगलबारबाट शुरु गरेको छ । शिविरको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले उद्घाटन गर्नुभएको थियो ।
