काठमाडौं,जेठ २७ । नेता रामबहादुर थापा (बादल) की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । बिहिबार(आज) अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ ।
पूर्व माओवादी खेमाबाट दुई मन्त्री भएका छन् । वादलपत्नी नैनकला थापालाई सञ्चार र ज्वालाकुमारी साहलाई कृषिमन्त्री बनाउन लागिएको बताइएको छ ।
