संक्रमणको ग्राफ निरन्तर ओरालो, पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना संक्रमणमुक्त

३० जेठ, मेचीनगर : पछिल्लो २४ घण्टामा ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५१७ पीसीआर परीक्षणबाट १ हजार ६९४ र ८ हजार ८८९ एन्टिजेन परीक्षणमा ७१३ जना गरी २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ ।

यसैगरी देशै भरी हालसम्म ६ लाख २८ हजार ९४२ जना संक्रमित भएका छन भने ५ लाख ३१ हजार १०५ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Exit mobile version