१९ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८३७ पीसीआर परीक्षणबाट १ हजार ५२७ र ४ हजार २९६ एन्टिजेन परीक्षणमा ८०१ जना गरी २ हजार ३२८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख ८१ हजार १३६ जना संक्रमित भएका छन भने ६ लाख ६ हजार ६६६ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।