१३ साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६३४ संक्रमण देखिएको छ भने ४ हजार ९२२ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार २०६ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १५ हजार ८०८ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ६ लाख ८८ हजार ३०७ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ५८ हजार ३५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ४९ हजार ७२ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।