२८ असोज, मेचीनगर : पछिल्लो २४ घण्टामा ८०४ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४५५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१८ जनाको पीसीआर परीक्षण गर्दा ३९८ जनामा संक्रमण देखिएको छ भन २ हजार ७९६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ६ हजार २१४ जनाको कोरोना परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख ४ हजार २७६ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९३ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ७९ हजार १५४ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
