२६२ जना संकक्रमण मुक्त : ९६८ जनामा संक्रमण पुष्टि

२३ पुस, मेचीनगर :   पछिल्लो २४ घण्टामा २६२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ९६८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ८ हजार २७२ जनाको पीसीआर परीक्षण गर्दा ५७२ संक्रमण देखिएको छ भने  ६ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९६ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १४ हजार  ९७१ जनाको कोरोना परीक्षण गर्दाु ९६८ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितकाे संख्या ५ हजार ७४१ रहेकाे छ । त्यस्तै कोरोना संक्रमणबाट आज कसैकाे पनि मृत्यु भएको छैन ।

यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख  ३१ हजार ५२ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९६ हजार ८४१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख १३ हजार ७०९ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Exit mobile version