२ माघ, मेचीनगर : पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५६२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ५३४ जनामा संक्रमण देखिएको छ भने २ हजार ५६९ जनाको एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १५ हजार १३१ जनाको कोरोना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज ३ जनाको ज्यान गएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख ५३ हजार ७३८ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख १ हजार ४६८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख १६ हजार ४३८ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
