२७ माघ, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार २३८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ जनामा संक्रमण देखिएको छ भने ३ हजार जनाको एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ११ हजार ८८० जनाको कोरोना परीक्षण गर्दा १ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज १२ जनाको ज्यान गएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ७१ हजार ४७५ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ३६ हजार ५११ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ९ लाख ३० हजार ६०७ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
