१ फागुन, मेचीनगर : पछिल्लो २४ घण्टामा ३ हजार ९३५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ५२१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको छ भने ४ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा ९४ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १० हजार ११५ जनाको कोरोना परीक्षण गर्दा ५२१ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज १० जनाको ज्यान गएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ७३ हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ३७ हजार ४१२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ९ लाख ३८ हजार ५८३ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
