५६२ जना संक्रमण मुक्त : ३१८ जनामा संक्रमण पुष्टि

१२ फागुन, मेचीनगर : पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३१८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ जनामा संक्रमण देखिएको छ भने २ हजार २३५ जनाको एन्टिजेन परीक्षण गर्दा १६७ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ७ हजार ७४३ जनाको कोरोना परीक्षण गर्दा ३१८ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६७८ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज १ जनाको ज्यान गएको छ ।

त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ७६ हजार ५१२ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ३९ हजार १३८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ९ लाख ५४ हजार ९०३ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Exit mobile version