१७ जना संक्रमण मुक्त : ११ जनामा संक्रमण पुष्टि

१४ वैशाख, मेचीनगर : पछिल्लो २४ घण्टामा १७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको छ भने १ हजार ७७२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ५ हजार ८९१ जनाको कोरोना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या २५२ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज कसैको पनि ज्यान गएको छैन ।

त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ७८ हजार ७७८ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ४० हजार १८८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ९ लाख ६६ हजार ५७५ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Exit mobile version