दनुवार समुदायको बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न

१६ वैशाख, मेचीनगर : झापा जिल्ला दनुवार जागरण समितिको बृहत् साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

मेचीनगर-१०, धुलावारीस्थित पुरानो हटिया क्षेत्रमा आयोजित कार्यक्रममा झापा जिल्लाका विभिन्न स्थानबाट दनुवार समुदायको तर्फबाट आफ्नो जातीय पहिचान झल्कने नृत्य तथा झाँकी प्रस्तुत गरिएको थियो ।

झापा जिल्ला दनुवार जागरण जिल्ला अध्यक्ष श्याम दनुवारको सभापतित्व तथा जिल्ला समिती सल्लाहकार यमनकुमार  दनुवारको स्वागत रहेको कार्यक्रमको संचालन अग्निमाया मेछे दनुवार तथा मदन दनुवारले गरेका थिए।

दनुवार जातिको पहिचान बढाउँदै लोपोन्मुख अवस्थामा रहेको दनुवार जातिको उत्थानका निमित्त जिल्ला भरका दनुवार समुदायको धुलावारीमा बृहत् भेलाको आयोजना गरिएको समितिका जिल्ला सचिव मोती लाल दनुवारले बताए ।

कार्यक्रममा मेचीनगर १० का वडाध्यक्ष नारायण खनाल, वडासदस्य सोम ओझा, विशाल कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

सो अवसरमा जिल्लाभरका ज्येष्ठ नागारिकलाई दोसल्लाह ओढाएर सम्मानसमेत गरिएको थियो।

Exit mobile version