पूर्व मिस नेपाल शृङ्खलाले गरिन् युवा उद्यमी सम्भव सिरोहियासँग बिहे

काठमाडौं । पूर्वमिस नेपाल शृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच बिहे भएको छ

।काठमाडौंको हायात होटेलमा भव्य समारोहबीच शृंखला र सम्भवको विवाह भएको हो । शृंखला र सम्भव वरवधुको पहिरनमा आकर्षक देखिएका छन् ।

बेहुलीको रातो पोसाक र दुबोको मालामा शृंखला सजिएकी छन् । सम्भव भने नेपाली ढाकाटोपी र नेपालीपनको झल्को दिने बेहुलाको पोसाकमा आकर्षक देखिएका छन् ।

शृंखला सन् २०१८ की मिस नेपाल विजेता हुन् । सोही वर्षको विश्व सुन्दरी प्रतियोगितामा उनी अन्तिम १२ मा प्रवेश गरेकी थिइन् । उनले त्यसबेला मिस वर्ल्डको महत्त्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’ पनि जितेकी थिइन् । सम्भव कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

विवाह समारोहमा दुवै पक्षका परिवार, आफन्तजनहरुको सहभागिता छ । दुई वर्षदेखिको प्रेम सम्बन्धपछि शृंखला र सम्भवको विवाह भएको हो ।

Exit mobile version