नागरिकता सम्बन्धी अध्यादेश जारी : जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने

 

झापा, ९ जेठ । सरकारले संसद विघटन गरेपछि अध्यादेशको रुपमा ल्याएको नागरिकता ऐन अन्तर्गत जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गर्नुभएको हो । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको हो । अब अर्काै अध्यादेश जारी भए लगत्तै जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने प्राप्त गर्ने छन् ।
हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले मात्र वंशजको नागरिकता नपाउने व्यवस्था थियो । मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराउनु भएको स्रोतको दावी छ । नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्षभन्दा अघिदेखि छलफलका क्रममा छ । यसैबीच जसपाका नेताहरुले नगरिकता अध्यादेशको स्वागत गरेका छन् ।

अध्यादेश विस्तृतमा

 

Exit mobile version