प्रधानमन्त्री देउवासँग टीका ग्रहण

sf7df8f}F, @( c;f]h . k|wfgdGqL z]/axfb'/ b]pjfaf6 u[xdGqL afns[i0f vFf8 bz}+ 6Lsf nufpFb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

३९ असोज, काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा शुक्रबार टीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टीका लगाएका हुन् । परिवारमा टीका ग्रहणपछि उनीहरू प्रधानमन्त्री निवास पुगेका थिए ।

यस्तै, प्रधानसेनापति प्रभुराम शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र तीनवटै सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीबाट टीका लगाए । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी स्वास्थ्य सावधानी अपनाउँदै प्रधानमन्त्री निवासमा सीमित व्यक्तिको उपस्थितिमा टीका लगाइएको हो । रासस

Exit mobile version