२५ जेठ, काठमाडौँ : नेपाल स्काउटको सदस्य भन्ने वित्तिकै विद्यालयका व्वाय/गर्ल स्काउट, रोभर/रेञ्जर स्काउट तथा कव/ब्राउनी स्काउटहरु बुझिन्छ र उनीहरुलाई तालिम दिने तालिम प्राप्त स्काउट लिडरहरु हुन्छन् । तर अब भने नेपाल स्काउटले व्यस्कहरुलाई पनि सदस्यता प्रदान गर्ने भएको छ ।
नेपाल स्काउटद्वारा काठमाडौँमा आयोजित प्रशिक्षक गोष्ठी २०२३ मा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले यस सम्बन्धी अवधारण प्रस्तुत गुर्नभएको थियो । विश्वका अधिकांश देशहरुमा प्रचलनमा रहेको वयस्क स्काउट सदस्य बन्न पाउने अवधारण पहिलो पल्ट नेपालमा पनि ल्याइएको छ ।
विद्यार्थीकालका स्काउट, रोभर/रेञ्जर, २५ वर्ष पार भएका महिला पुरुषहरु तथा स्काउट लिडर तालिम समेत नलिएकाहरु र तालिम लिएर पनि स्काउट दल सञ्चालन गर्न असमर्थहरु यस व्यवस्थाबाट लाभांवित हुने निर्देशक रामप्रसाद भट्टराईको भनाइ छ । एक वयस्क महिला वा पुरुष जो स्काउटमा रहेर सेवा गर्न इच्छुक हुन्छ उनीहरुले यो प्रावधान लागु भएपछि सदस्यता लिन पाउनेछन् । यसरी बन्ने सदस्यहरु कुनै स्काउट दलमा आवद्ध नभइ स्वतन्त्र सदस्यको रुपमा रहने नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टाराईले बताउनु भयो ।
यसको लागि नेपाल स्काउटले हाल संचलनमा ल्याएको स्काउटकाे पाठ्यक्रम समेत परिवर्तन गरिने नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक विजेन्द्र ध्वजुले बताउनु भयो । दुई रात तीन दिनको तालिम लिएपछि कोही पनि वयस्का व्यक्ति स्काउटको सदस्य बन्न पाउने व्यवस्थाले नेपाल स्काउटको भिजन २०३२ मा ७ लाख सदस्यता पुर्याउने लक्ष्यलाई समेत सहयोग गर्ने राष्ट्रिय प्रशिक्षक देवराज घिमिरेले बताउनु भयो ।