झापा-१ अपडेट: रास्वपाकी निशा डाँगीको फराकिलो अग्रता, श्रम संस्कृति पार्टी दोस्रो स्थानमा

मेचीनगर। झापा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो वर्चस्व कायम गरेको छ। ३ हजार ७७५ मत गणना हुँदा रास्वपाकी उम्मेदवार निशा डाँगीले आफ्ना निकटतम प्रतिस्पर्धीलाई झन्डै दोब्बर मतान्तरले पछाडि पार्दै अग्रता लिइरहनुभएको छ।

यस क्षेत्रमा सबैभन्दा रोचक पक्ष भनेको धरानका मेयर हर्क साम्पाङको साथ रहेको श्रम संस्कृति पार्टीका केवलराम राई दोस्रो स्थानमा रहनु हो। उहाँले कांग्रेस र एमाले जस्ता ठूला दलका उम्मेदवारलाई पछि पार्नुभएको छ।

पछिल्लो मतपरिणाम (ताजा अपडेट):

गणना विवरण:

यस क्षेत्रमा २०७९ मा भारी मतान्तरले जितेको नेपाली कांग्रेस यसपटक तेस्रो स्थानमा खुम्चिएको छ भने नेकपा एमाले चौथो स्थानमा धकेलिएको छ। सुरुवाती रुझान हेर्दा झापा-१ मा पनि ‘परम्परागत शक्ति’ विरुद्ध ‘नयाँ शक्ति’ हाबी भएको प्रष्ट देखिन्छ।

Exit mobile version