बजेट विनियोजनमा विवाद उत्पन्न हुँदा वडाध्यक्षहरुबीच कुर्सी हानाहान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका वडाध्यक्षहरुबीच कुर्सी हानाहान भएको छ । कार्यापालिका बैठकमा नगर प्रमुख दीपनारायण रिजालले अदृष्य तरिकाले खर्च गर्न पाउने गरी बजेट विनियोजन गरेको भन्दै उत्पन्न विवादले उग्र रुप लिएपछि कुर्सी हानाहान भएको हो ।

वडा नम्बर ५ लफ्याङका वडाध्यक्ष निर्मल राई र वडा नम्बर ८ बुवालुङका वडाध्यक्ष लीला चौहानबीच कुर्सी हानाहान भएको हो ।

आर्थिक वर्ष २०७८र७९को बजेट तथा कार्यक्रममा नगरप्रमुख रिजालले चार करोड ३१ लाख बजेट शीर्षक बिनै अदृष्य तरिकाले खर्च गर्न पाउने गरी विनियोजन गरेपछि मंगलबारको नगर कार्यपालिकाको बैठक वडाध्यक्षहरुले बाहिस्कार समेत गरेका छन् ।

नगरप्रमुख रिजालले आर्थिक वर्ष २०७८/७९ का लागि ८५ करोड आठ लाख ६२ हजारको बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन् । यसमध्ये चार करोड ३१ लाख भने अदृष्य तरिकाले खर्च गर्ने गरी विनियोजन गरेको भन्दै आफूहरुले विरोध जनाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाअध्यक्ष विकाश राईले बताए ।

Exit mobile version