इटहरी । प्रदेश १ को राजधानीको लागि माग गरिएको इटहरी अहिले जलमग्न भएको छ । लगातार वर्षाका कारण इटहरीका अधिकांश वडाहरु जलमग्न भएका छन् । स्थानीय टेंग्रा, खेती र बुढी खाेलामा पानीको बहाव बढेपछि यहाँका दर्जनौं घर, टहरा डुबानमा परेका छन् ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार इटहरीको बुढीखोला, टेङ्ग्रा खोला, खेतीखोला लगायतका स्थानमा पानीको सतह बढेकाले इटहरीका केही क्षेत्र डुबानमा परेकाे बताए । पैनी आसपास बस्नेहरुलाई सर्तक रहन इटहरी प्रहरीले आग्रह समेत गरेको छ । 