प्रधान सम्पादकमा दुर्गाबहादुर लुइटेल नियुक्त

अनलाइनलाई अझ विश्वशनिय र लोकप्रिय बनाउने प्रतिवद्घता

१ साउन, काँकरभिट्टा : हव डिजिटल मिडिया प्रालि मेचीनगरद्वारा सञ्चालित मेरो मेचीनगर डट कम अनलाइनको प्रधान सम्पादकमा दुर्गाबहादुर लुइटेल नियुक्त हुनुभएको छ । प्रधान कार्यालय काँकरभिट्टा रहेको अनलाइनको संस्थापक प्रधान सम्पादक सिएन गौतमले आफ्नो घरायसी कारण देखाएर दिएको स्वेच्छिक राजीनामा कम्पनी सञ्चालक समितिको असार २५ गते बसेको पूर्ण वैठकले गौतमले कम्पनीलाई यहाँसम्म ल्याइपुर्याउन गर्नुभएको साथ सहयोग र अनलाइनको प्रधान सम्पादक भएर निभाउनु भएको भूमिकाको प्रशंसा गदैं राजीनामा स्वीकृत गर्ने र लुइटेललाई प्रधान सम्पादकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो । गौतमलाई अनलाईनको १ नम्बर प्रदेशको प्रादेशिक कार्यालय इटहरी सुनसरीको प्रमुखको जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

नवनियुक्त प्रधान सम्पादक लुइटेललाई कम्पनीका अध्यक्ष उदयकुमार श्रेष्ठले शुक्रबार कम्पनीको कार्यालयमा नियुक्तिपत्र प्रदान गर्दै पदभार ग्रहण गराउनु भएको थियो । व्यवस्थापन संकायमा स्नातकोत्तर तह (एमविएस) उत्तीर्ण गर्नुभएको लुइटेलले यसअघि नवदृष्टि साहित्य संकलन २०६२, मनन मासिक साहित्यिक लगायत अन्य पत्रपत्रिकामा सम्पादन मण्डलको भूमिकामा रहेर काम गरिसक्नु सक्नु भएको छ । उहाँका विभिन्न पत्र पत्रिकाहरुमा लेखहरु प्रकाशित भएका छन् । उहाँ काँकरभिट्टा बहुमुखी क्याम्पसमा प्राध्यापन गराउनुहुन्छ ।

निक्कै पोख्त र पत्रपत्रिकाहरुमा राम्रो अनुभव बटल्नु र ज्ञान प्राप्त गरिसक्नु भएका लुइटेललाई अनलाइनको प्रधान सम्पादकको जिम्मेवारी प्रदान गर्न पाउदा कम्पनी परिवार खुशी भएको अध्यक्ष श्रेष्ठको भनाई छ । अब पत्रिका र पत्रकार डिजिटल प्रविधिसँग खेल्न सक्ने र प्रविधि मैत्री हुन आवश्यक रहेको भन्दैं अध्यक्ष श्रेष्ठले विश्वका जुन सुकै कुनामा छरिएर रहेका हरेक मानिस अनलाइनसँग जोडिन सकिने बताउनुभयो ।

छोटो समयमै अनलाइन मिडियाले परम्परागत सञ्चारमाध्यम छापा, रेडियो र टेलिभिजनलाई चुनौती दिन थालेको बताउदैं नवनियुक्त प्रधान सम्पादक लुइटेलले क्रमशः परम्परागत मिडियाहरु अहिले पूर्णरुपमा अनलाइनमा निर्भर बन्दै जानुले तथा नेपालमै पनि अनलाइन पत्रकारिताको विकास तीव्र गतिमा भईरहेकोले पनि हरेक मानिसको आर्कषण अनलाइन तर्फ बढेको पुष्टि गर्नुभयो । आजको युग भनेको सूचना तथा सञ्चार प्रविधिको युग भएको भन्दैं प्रधान सम्पादक लुइटेलले पत्रकारितामा सबैभन्दा कान्छो विधाको रुपमा अनलाइनको विकास भएको भएपनि यसको लोकप्रियता बढ्दै गएको बताउदै सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासँगै अनलाइन पत्रकारिताको क्रेज ह्वात्तै बढेको विचार राख्नुभयो । अनलाइनहरु आज समाचारको खुराक नै बनेका छन् तर पनि नेट नहुने ठाउँको लागि अनलाइनहरु पहुँचभन्दा बाहिर छ र यो अनलाइनको लागि चुनौतीको रुपमा रहेको उहाँको बुझाइ छ । आफुले अनलाइनमा प्रधान सम्पादकको भूमिकामा इमान्दार र कर्तव्यनिष्ट भएर सक्रियताका साथ लाग्ने बताउनुभयो ।

कम्पनीका प्रवन्ध निर्देशक सुजन प्रधान, सम्पादक लक्ष्मी उप्रेतील गायतले नवनियुक्त प्रधान सम्पादक लुइटेललाई खादा अविर पहिर्याएर बधाई ज्ञापन गदैं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.