रोटरीद्वारा मेची अस्पताललाई पीसीआर मेसिन प्रदान

A notice in Nepali from Mechinagar Ward No. 10

मेची प्रादेशिक अस्पताललाई झापाका पाँचवटा रोटरी क्लवले संयुक्त रुपमा पीसीआर मेसिन उपलब्ध गराएका छन् । रोटरीको क्लव अफ रिजन ७ तथा डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी, विर्तामोड, विर्तामोड मिडटाउन, भद्रपुर, काँकरभिट्टा, सुरुङ्गा र दमकले मेसिन दिएका हुन् ।

अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेल र मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरलाई मेसिन हस्तान्तरण गरिएको हो । रोटरी क्लव अफ विर्तामोडका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षता र पूर्व अध्यक्ष मीनप्रकाश मैनालीको सञ्चालनमा कार्यक्रम भएको छ ।

कार्यक्रमका रोटरी डिस्ट्रिक्टका असिस्टेन्ट गभर्नर नविनकुमार श्रेष्ठ, सपना रिजाल, सेक्रेटरी सुशील रिजालसमेतको सहभागिता थियो । अस्पताल विकास समितिका अध्यक्ष पोर्तेलले अर्को पनि पीसीआर मेसिन प्राप्त भएकाले परीक्षणको दायरा बढ्ने र नतिजाको समय घट्ने बताए ।

डा. ठाकुरले मेची अस्पतालमा शुल्क तिरेर परीक्षण गराउन चाहनेका लागि त्यस्तो सेवा पनि शुरु भइसकेको बताए । परीक्षणको दायरा बढाउन सहयोग पुर्याउने उद्देश्यले रोटरीले देशभरि ७ वटा पीसीआर मेसिन प्रदान गर्ने निर्णय गरेको रोटरियन भट्टराईले जानकारी दिए । मेसिनको मूल्य करिव १३ लाख ५० हजार रहेको रोटरी क्लव अफ काकरभिट्टाका अध्यक्ष कृष्ण कान्त खनियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.