झापामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना: ड्रोनबाट निगरानी र दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

जिल्लाका संवेदनशील स्थानमा पिकेटदेखि मोबाइल गस्तीसम्मको व्यवस्था मिलाइएको छ भने चोरी, लुटपाट र सवारी दुर्घटनालाई मुख्य चुनौतीका रूपमा पहिचान गरिएको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
झापामा चाडपर्व सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरू

📌 मुख्य बुँदाहरू:

  • चाडपर्वका बेला झापामा मेला, महोत्सव तथा धार्मिक स्थलको निगरानीका लागि ड्रोनको प्रयोग गरिने।
  • जिल्लाभर नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल २ हजार १२७ सुरक्षाकर्मी परिचालन।
  • चोरी, लुटपाट, पकेटमारी र मादक पदार्थ सेवनबाट हुने झैँझगडालाई मुख्य सुरक्षा चुनौतीको रूपमा पहिचान।
  • सुरक्षा व्यवस्था कडा पार्न ६२ संवेदनशील स्थानमा पिकेट र ७ वटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) तयारी अवस्थामा राखिने।

चाडपर्वका बेला हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन झापामा विशेष एकीकृत सुरक्षा योजना सार्वजनिक गरिएको छ। जिल्ला सुरक्षा समितिद्वारा लागू गरिएको यो योजनाअनुसार मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलहरूमा ड्रोनबाट समेत निगरानी गरिने भएको छ।

जिल्लाभर शान्ति सुरक्षा सुदृढ गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी दुई हजार १२७ सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार नेपाल प्रहरीतर्फ एक हजार १९२ र सशस्त्र प्रहरीतर्फ ९३५ सुरक्षाकर्मी खटिनेछन्। "चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित वातावरणमा पर्व मनाउने व्यवस्था मिलाउन एकीकृत सुरक्षा योजना बनाइएको हो," प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।

सुरक्षा निगरानी र गस्ती परिचालन
सुरक्षा योजनाअन्तर्गत जिल्लाका ६२ संवेदनशील स्थानहरूमा 'पिकेट' स्थापना गरिनेछ। यसबाहेक ३५ टोलीबाट मोबाइल गस्ती, ३१ टोलीबाट पैदल गस्ती तथा सम्भावित घटनामा तत्काल परिचालन हुन सातवटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) लाई तयारी अवस्थामा राखिएको छ। चोरी, लुटपाट, पकेटमारी, जुवातास, मादक पदार्थ सेवनका कारण हुने झैँझगडा र सवारी दुर्घटनालाई मुख्य सुरक्षा चुनौतीका रूपमा पहिचान गरी नियमित तथा आकस्मिक जाँच तीव्र पारिएको छ।

सीमा सुरक्षा र वित्तीय संस्थाको सुरक्षामा जोड
सीमा सुरक्षा तथा सीमापार अपराध नियन्त्रणका लागि थप जनशक्ति परिचालन गरिएको छ भने प्रभावकारी ट्राफिक व्यवस्थापन, यात्रु सहायता कक्ष सञ्चालन र सवारीचालकको स्वास्थ्य जाँचलाई समेत प्राथमिकतामा राखिएको छ। यसैबीच, जिल्ला सुरक्षा समितिले बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र नगद कारोबार हुने प्रतिष्ठानहरूलाई सुरक्षा व्यवस्था चुस्त राख्न र सीसी क्यामेरा दुरुस्त अवस्थामा सञ्चालन गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.