२१ जेठ, मेचीनगर : झापाको मेचीनगर नगरपालिकाका वडा नम्बर ६ मा रहेको काँकरकभिट्टा बहुमुखी क्याम्पसद्वारा मेचीनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुख सहित नवनिर्वाचित जनप्रतिनिधिहरुलाई क्याम्पसमा स्वागत तथा सम्मान गरेको छ ।
काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा अयोजित कार्यक्रममा मेचीनगर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख गोपालचन्द्र बुडाथोकी, उपप्रमुख मीनाकुमारी पोखरेल सहति वडा नम्बर ६ बाट नवनिर्वाचित अध्यक्ष ललितबहादुर तामाङ्ग, कार्यपालिका सदस्य अन्जु थापा, नगरपरिषद् सदस्यहरु ध्रुबकुमार राई, भविन्द्रराज सुब्बा र सीमा रसाइलीलाई स्वागत तथा सम्मान गरिएको थियो ।
वहाँहरुलाई क्याम्सको तर्फबाट संरक्षक एवम् प्रदेश सभा सांसद श्रीप्रसाद मैनाली, पूर्व अध्यक्ष मोहनप्रकाश उप्रेती, क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापा क्षेत्री, सञ्चालकहरु दुर्गाप्रसाद सापकोटा, सुशील आचार्य, दिलिपजंग सुब्बा, नेत्र नेपाल लगायतले स्वागत एवम् सम्ममान गर्नु भएको थियो ।
मेचीनगर नगरपालिकाका प्रमुख र उपप्रमुख क्याम्पसको विधान बमोजिम संरक्षक समेत रहने भएकोले वहाँहरुलाई सञ्चालक समितिमा समेत स्वागत गरिएको थियो ।
नवनिर्वाचित नगरप्रमुख बुडाथोकीले काँकरभिट्टा बहुमुखी क्याम्पसको उन्नती र विकासका लागि यसलाई पूर्वकै शैक्षिक हब बनाउने कुरामा मेचीनगर नगरपालिका र आफ्नो पूर्ण साथ र समर्थन रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
काँकरभिट्टा बहुमुखी क्याम्पसका अध्यक्ष कमल थापा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमा सञ्चालक दुर्गाप्रसाद सापकोटाले स्वगत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालक सुशील आचार्यले वहाँहरुलाई सञ्चालक समितिको संरक्षकमा स्वागत गर्नुभएको थियो । सञ्चालक दिलिपजङ्ग सुब्बाको धन्यवाद मन्तव्य रहेको कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले गर्नुभएको थियो ।
फोटो फिचर/सुजन प्रधान






















