हवाई उडान बन्द गरे सञ्चालकहरुलाई जेल हाल्ने मन्त्री आलेको चेतावनी

A notice in Nepali from Mechinagar Ward No. 10
Estimated Reading Time: २ min • Total Words: १८५
७ असार, काठमाडौँ : वायुसेवा कम्पनीहरुको हवाई उडान रोक्ने चेतावनी उनीहरुकै लागि प्रतिकुल हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान क्षेत्र अत्यावश्यक क्षेत्र भएकोले कुनैपनि हालतमा सेवा बन्द गर्न नपाउने र यदि बन्द गरे कारबाही गर्ने चेतावनी दिएको छ । पर्यटमन्त्री प्रेम आले स्वयमले पनि वायुसेवा कम्पनीहरुले सेवा अवरुद्ध गरे कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले वायुसेवा कम्पनीका सञ्चालकहरुलाई जेल हाल्नेसम्मको चेतावनी दिएका छन् ।

आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक संघले भोलि (बुधबार) देखि सबै उडान रोक्ने निर्णय गरेपछि मन्त्री आलेले कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । यो विषयमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि सल्लाह गरिसकेका छन् । उनले अब कसैको धाक र धम्कीबाट सरकार नडराउने भन्दै सेवा अवरुद्ध गरेको पाईए कडा एक्शनका उत्रिने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री देउवाले पनि वायुसेवा सञ्चालकले सरकारको निर्णय पालना गर्नुपर्ने भन्दै निर्णय कार्यान्वयनमा अवरोध गरे कारबाही गर्न विभागीय मन्त्री आलेलाई निर्देशन दिएका छन् । प्राधिकरणले भने अब काठमाडौंमात्रै जहाज पार्क नगरेर काठमाडौं बाहिरपनि पार्क गर्न भन्दै सम्बन्धित जहाजलाई ठाउँ तोकिदिएको छ ।

तर, वायुसेवा सञ्चालकहरुले भने प्राधिकरणको निर्णय नमान्ने चेतावनी दिएका छन् । मन्त्री आलेले भने निर्णय नमाने विमान कम्पनीको लाईसेन्स खारेजदेखि सञ्चालकहरुलाई जेल कोच्नेसम्मको तयारी रहेको बताएका छन् ।(रिपोर्टसनेपालबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.