काँकरभिट्टा : अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन काँकरभिट्टा बहुमुखी क्याम्पस इकाईद्वारा क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु माझ हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
काँकरिभट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित प्रतियोगितामा क्यापसमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरु सहभागी भएका थियो । अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य दुर्गा धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा व्यवस्थापन संकाय दोस्रो वर्षमा अध्ययनरत छात्र/छात्रा आयुष रिजाल, सुजता रजक र विशाल थापा प्रथम भएका थिए भने शिक्षा संकाय दोस्रो वर्षमा अध्ययनरत छात्र/छात्राहरु अशोक लिम्बू, सीता थापा र प्रतिक न्यौपाने दोस्रो भएका थिए ।
विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । पूजा चुडालको अध्यक्षतामा भएको कार्यक्रमा अनेरास्ववियू जिल्ला कमिटि सचिव नारायण पोख्रेल, सदस्य रोसन भूजेल, अनेरास्ववियू क्याम्पस कमिटि अध्यक्ष सन्देश पौंडेल, उपाध्यक्ष विशाल गिरी लगायतको आतिथ्यता थियो ।
संगम बरालको स्वागत मन्तन्य रहेको कार्यक्रमको संचालन सचिन तिम्सिना र रोमन पोखरेलले संयुक्त रुपमा गरेका थिए ।





















