डशैनमा पनि परिवारसँग टीका लगाउन पाउँदैनन् सुरक्षाकर्मी र स्वास्थ्यकर्मी

अत्यावश्यक सेवा र सुरक्षा व्यवस्थापनका कारण हजारौं नागरिक वर्षौंदेखि परिवारबाट टाढा रहेर चाडपर्व मनाउन बाध्य छन्।

A notice in Nepali from Mechinagar Ward No. 10
डशैनको समयमा ड्युटीमा खटिएका सुरक्षाकर्मीहरू

📌 मुख्य बुँदाहरू:

  • स्वदेश र विदेशमा रहेका कतिपय नेपाली कार्यव्यस्तता र घरबाट टाढा भएका कारण दशैंको टीका लगाउनबाट बञ्चित हुन्छन्।
  • स्वास्थ्य र सुरक्षालगायत अत्यावश्यक सेवा प्रवाह गर्ने जनशक्ति सेवा अवरुद्ध नहोस् भनी परिवारसँग चाड मनाउन पाउँदैनन्।
  • चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सुरक्षा सेवामा रहेका करिब ९० प्रतिशत प्रहरी घर जान पाउँदैनन्।

स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि परिवारसँगसँगै बसेर बडादशैंको टीका लगाउन पाएका छैनन्। कतिपय मानिस कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएका कारण टीका थाप्नबाट बञ्चित हुने गरेका छन्।

विशेषगरी स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तु तथा सेवा प्रवाह गर्ने जनशक्तिले सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दशैं मनाउन पाएका हुँदैनन्। सर्वसाधारणको दशैंलाई सहज र सुरक्षित बनाई उनीहरूलाई हर्षोल्लासका साथ टीका लगाउने वातावरण बनाउनका लागि सुरक्षा निकायमा खटिने कर्मचारीहरू यसरी बडादशैंको टीकाबाट बञ्चित हुनुपरेको छ।

सुरक्षाकर्मीको त्याग र जिम्मेवारी

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल सेवामा रहेका करिब ९० प्रतिशत प्रहरीहरू घरमा गएर परिवारसँग टीका थाप्न नपाउने बताउँछन्।

उनले भने, “सर्वसाधारणले सुरक्षित रुपमा चाडपर्व मनाउन् भनेर हामी परिवारसँग टीका लगाउन पाउँदैनौं। यो कतिबर्ष भन्ने होइन कि कैयौँ बर्षसम्म पनि यस्तै हुने गरेको छ।”

संवेदनशील जिल्लाहरूमा अन्यत्रबाट समेत थप सुरक्षाकर्मी पठाएर शान्तिसुरक्षा व्यवस्था मिलाउने गरिएको छ। जिम्मेवारीमा रहेका अधिकांश कर्मचारीले बिदा नपाउने र अन्यले भने आलोपालो मिलाएर न्यूनतम सङ्ख्यामा मात्रै परिवारसँग दशैं मनाउने गरेको उनले जानकारी दिए। यस्तै, नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सुरक्षाकर्मीहरू पनि यस पर्वमा परिवारसँग सँगै बसेर दशैं मनाउनबाट वञ्चित हुँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.