अब आउने आँधीवेरीले सभापति देउवालाई बहाउन सक्छ : वरिष्ठ नेता रामचन्द्र पौडेल

A notice in Nepali from Mechinagar Ward No. 10
पढ्न लाग्ने समय: १ मिनेट • कुल शब्द: १३७

काँकरभिट्टा । विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल पक्ष र ओली पक्षबीच आरोप प्रत्यारोपको जुहारी चलिरहदा यता नेपाली कांग्रेसमा पनि यसको गन्ध देखिन थालेको छ ।  हिजो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई अब आउने आँधीवेरीले बहाउन सक्ने चेतावनी दिनुभएको छ ।

नेपाली कांग्रेस कास्कीले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित प्रवचनमा बोल्दै पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा सभापति देउवालाई उक्त चेतावनी दिएको पौडेलले दाबी गर्नुभयो ।

‘कार्यसमितिमा सभापतिले भन्नुभयो चुनाव नगरेर केपी ओली कसरी नेपालमा बस्न सक्छन्?, मैले भने, चुनाव नगरेर ओली नेपालमा बस्न नसक्ने परिस्थितिमा जुन आँधीबेहोरी आउला त्यसले तपाईंलाई पनि बहायो भने के गर्ने?’

आफूले पार्टीको केन्द्रिय कार्यसमितिको बैठकमा आन्दोलनमा जानुपर्छ भनेको बताउनुभयो । मैले त्यही बेला कार्यसमितिमा भनेको छु । हेर्नुस्, आँधीबेरी त आउनैपर्ने छ भने अहिल्यै यसलाई बचाउन पर्‍यो नि,’  उँहाले भन्नुभयो ।

संविधान जोगाउनका कांग्रेसले सबै किसिमका प्रयास गर्नुपर्ने उँहाको भनाइ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.