भारी हिमपातले हिल्सा नाका बन्द

A notice in Nepali from Mechinagar Ward No. 10

हुम्ला — भारी हिमपात भएपछि नेपाल-चीन सीमा हिल्सा नाका बन्द भएको छ । आइतबारबाट लगातार हिमपात भएपछि हिल्सा पूर्णरुपमा बन्द भएको हो ।
कोरोना महामारीका कारण बन्द भएको नाका झण्डै एक महिना आंशिक रुपमा खुलेको थियो । भारी हिमपात भएपछि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) लाई गस्ती जान समस्या भएको सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए । ‘जताततै बाक्लो हिउँ जमेको छ, लेकको बस्ती भएकाले अत्यधिक हावा लाग्ने समस्या छ,’ उनले भने, ‘हिमपातले सबै बस्ती सुनसान बनेका छन् ।’ पारिपट्टि चिनियाँ सुरक्षाकर्मीलाई सुविधासम्पन्न भवन, विद्युत्, सञ्चारलगायत सुविधा भए पनि आफूहरु अभावै अभावमा गस्ती गर्न बाध्य भएको उनले गुनासो गरे ।

हिमपातका कारण सोलार चार्ज नहुँदा अँध्यारोमा बस्नुपरेको सुरक्षाकर्मीको गुनासो छ । बीओपीका २० जनासहित केही होटलका कुरुवा मात्र अहिले हिल्सा क्षेत्रमा छन् । स्थानीय बासिन्दाले हिउँ नपर्दै बस्ती छोडेकाले हिल्सा सुनसान बनेको हो । ‘हिमपात अझै जारी छ,’ सशस्त्र प्रहरी निरीक्षक केसीले भने, ‘कम्तिमा बैशाखसम्म नाका बन्द हुने अवस्था छ ।’

नाम्खा गाउँपालिकाका अधिकांस क्षेत्रमा चार फिटसम्म हिउँ परेको छ । चिसोका कारण बाहिर निस्कन सक्ने अवस्था नरहेको यारीकी छोजुम लामाले टेलिफोनमा बताइन । उनका अनुसार हिउँले लिमी, मुचु, यारी, हिल्सा, यालवाङ, यागार ,केर्मीलगायत बस्ती ढाकिएका छन् । ‘पशुचौपायालाई घरभित्रै थुनेर राखेका छौं,’ उनले भनिन्, ‘घरभित्रै आगो तापेर बस्नुको विकल्प छैन ।’

सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा पनि झण्डै एक फिटसम्म हिउँ जमेको छ । हिउँ पकाएरै पानीको जोहो गर्नुपर्ने बाध्यता भएको स्थानीय कर्मा लामाले बताए । ‘चरिचरन क्षेत्र पनि हिउँले ढाकिएपछि पशुचौपायालाई घरभित्रै बाँधेर राखेका छौं,’ उनले भने, ‘घरभित्र बसेर झोलिलो कुरा खाँदै आगो ताप्नुपरेको छ ।’

हिमपातका कारण सिमकोट सुनसान बनेको छ भने अधिकांश व्यवसाय बन्द भएका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको चाप न्यून छ । आगो ताप्दै सेवाग्राहीको काम गर्नुपरेको टेलिकमका कर्मचारी रामबहादुर भण्डारीले बताए । हिमपातका कारण यातायात सेवा पनि बन्द भएको खापुनार्थ यातायात प्रालिका अध्यक्ष सरोज रोकायाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.