स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन उज्यालो नेपालको माग

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन र स्थानीय चुनाव दलीय स्वार्थबाट मुक्त गर्न निर्वाचन आयोगमा बुझायो ज्ञापनपत्र

A notice in Nepali from Mechinagar Ward No. 10
निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ

📌 Key Takeaways:

  • उज्यालो नेपाल पार्टीले स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन माग गरेको छ।
  • पार्टी अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।
  • विदेशमा रहेका नेपाली नागरिकलाई स्थायी ठेगानाबाटै मतदान गर्ने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गराइएको छ।

उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ। दलीय स्वार्थ र शक्ति प्रदर्शनबाट स्थानीय निकायलाई मुक्त राख्नुपर्ने आवाज उठिरहेका बेला यो माग अघि सारिएको हो।

सो पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष बहादुर भवनस्थित आयोगको कार्यालयमा पुगी सो ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट पूर्ण रूपमा मुक्त गर्दै नागरिकको प्रत्यक्ष सेवा, सुशासन र विकासमा मात्र केन्द्रित बनाउनुपर्नेमा जोड दिइएको छ।

दलीय प्रभावभन्दा योग्यतालाई प्राथमिकता दिनुपर्ने

स्थानीय तहको नेतृत्व चयन गर्दा दलगत प्रभावभन्दा उम्मेदवारको व्यक्तिगत योग्यता, इमानदारी, कार्यक्षमता, कार्ययोजना र नागरिकप्रतिको जवाफदेहितालाई उच्च प्राथमिकता दिनुपर्ने सो पार्टीको दृढ धारणा रहेको छ।

ज्ञापनपत्रमा गैरदलीय स्थानीय निर्वाचनको यो विषय अब केवल विचारमा सीमित नरही सार्वजनिक बहस र राजनीतिक प्रतिबद्धताका रूपमा समेत अघि आइसकेको सन्दर्भ उल्लेख गरिएको छ। यसलाई अब ढिला नगरिकन नीतिगत निर्णय र कार्यान्वयनको व्यावहारिक प्रक्रियामा लैजानुपर्नेमा जोड दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.