कोभिड-१९ खोप खरिदका लागि आवश्यक रकम जुटाउन सरकारको गृहकार्य

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ  । सरकारले कोभिड-१९ खोप खरिद गर्न रकम आवश्यक परेको भन्दै आर्थिक सहयोगको लागि राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० मा पैसा जम्मा गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गोरखापत्रमा सूचना निकालेर खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई नि:शुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक परेको बताएको छ।

‘खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्थालगायतलाई खातामा रकम जम्मा गरी योगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्दछ,’ सूचनामा भनिएको छ।

कोरोना खोप कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षासमेत गरिने मन्त्रालयले जनाएको छ।

पैसा कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० मा पैसा जम्मा गर्न सकिने मन्त्रालयको भनाइ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.