६ भदौं, झापा : आगामी असोज १२ र १३ गते विराटनगरमा हुने नेकपा एमालेले कोेशी प्रदेश अधिवेशनका लागि अधिकांश जिल्लामा प्रतिनिधि छनोट गर्ने काम सम्पन्न भएको छ । असोज १२ र १३ गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्रदेशभर एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय भएर अनुसार असोज ५ गते प्रदेशका सबै स्थानीय तहमा एकै दिन प्रतिनिधि छनोट गर्ने काम भएको थियो । सर्वसम्मत रुपमा प्रतिनिधि छनोट नभए निर्वाचन प्रक्रियाबाट पालिकाबाट प्रतिनिधि आउने बताई पनि अधिकांश जिल्लाबाट सर्वसम्मतरुपमा प्रतिनिधि चयन भएका छन् ।
यसै क्रममा झापाको अर्जुनधारा नगरपालिकाबाट युवा इकाईतर्फबाट उमा (रोजिना) पाण्डे प्रतिनिधिकारुपमा सर्वसम्मत चयन हुनु भएको छ । पार्टीभित्र निक्कै राम्रो छवि बनाउन सफल पाण्डे युवाहरुमाझ मात्र होईन एमालेवृत्तमा हकी, निडर, नझुक्ने र जनताको काममा समर्पित, बोल्ड निर्णय लिन सक्ने, प्रष्ट वक्ता एवम् कुशल संगठकको रुपमा परिचित हुनुहुन्छ । भन्नुपर्ने विषयहरु बुट्टा नभरी सिधै राख्ने र आफूलाई चित्त नबुझेका कुराहरु सिधै राख्ने उहाँको स्वाभावले सवैमाझ लोकप्रिय र चर्चित बनाएको हो ।
२०५४ साल भदौ ८ गते झापाको अर्जुनधारा—११ लक्ष्मीधापमा पिता ओमबहादुर पाण्डे र माता निर्मला पाण्डेका चार सन्तानमध्ये जेठी छोरीको रुपमा जन्मेकी उमा (रोजिना) लाई नेकपा एमालेको सहि दर्शन, सही सिद्धान्त, सही कार्यदिशा, सही कार्यनीति तथा सहि संगठन र जनआधार देखेरै एमाले मन परेको थियो । एकदशक अघिदेखि नेकपा एमालेमा युवाको नेतृत्व गर्दै राजनीति प्रवेश गर्नुहुने उहाँ प्रेरणाका स्रोतका रुपमा पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिनुहुन्छ । एमालेको सहि दर्शन माक्सवाद, भौतिकवाद, सहि सिद्धान्त जनताको बहुदलीय जनवाद तथा जननेता स्वर्गीय मदन भण्डारीको भनाईमा एमालेको सिद्धान्तका १४ वटा विशेषता रहेको उहाँको भनाई छ ।
१५ वर्षकै उमेर पहिलो पटक युवा संघको टोल कमिटी उपाध्यक्ष बन्नु भएको थियो उहाँ । त्यसपछि संघको वडाको सचिव, नगर कमिटि सचिवालय सदस्य, २ नम्बर क्षेत्रको महिला विभाग प्रमुख र २०७२ सालमा त्रिलोचन सापकोटाको नेतृत्वमा गठन भएको राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला कमिटीको सचिवालय सदस्य तथा कार्यालय विभाग प्रमुख हुदैँ अहिले संघको केन्द्रीय सदस्यको जिम्मेवारी उहाँको काँधमा छ । पाण्डे नेकपा एमाले अर्जुनधारा नगर कमिटीको सचिवालय सदस्य पनि हुनुहुन्छ । ०७१ सालमा लक्ष्मी माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि उहाँ राजनीतिमा झनै सक्रिय बन्नुभयो । कन्काई कलेज विर्तामोडबाट प्लस टु गर्नुभएका नेता पाण्डेले मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल दमकबाट इञ्जिनियरिङ्ग पुरा गर्नुभएको छ ।
राजनीति कुनै हालतमा पेशा बन्न नसक्ने दाबी गर्नुहुने उहाँ सामाजिक सेवाकारुपमा राजनीतिलाई लिनुहुन्छ । ‘पार्टीको नेतृत्व अनि कार्यकर्ताहरुले मलाई धेरै माया गर्नुहुन्छ, म माथि निक्कै विश्वास र आशा गर्नुभएको छ’ उहाँले भन्नुभयो—‘शायद यहि भएर मलाई निक्कै ठूल्ठूला जिम्मेवारी प्रदान गर्नुभएको छ । मैले पनि यसलाई चूनौती भन्दा पनि अवसरकारुपमा लिएर सहजरुपमा आफुलाई प्रदान गरेको जिम्मेवारी बहन गदैं आएकी छु ।’ यदि युवा जगत र देशलाई सहि मार्गमा हिडाउने शास्त्र राजनीति रहेको र यसलाई कुनै पनि दलका नेता कार्यकर्ताले आर्थिक आय आर्जन गर्ने पेशाका रुपम लिन नहुने उहाँको तर्क छ । सवैले भन्छन ‘पोलिटिक्स इज डटि गेम’ झापा अर्जुनधारा ११ निवासी उहाँले भन्नुभयो—‘तर, म यसमा सहमत छैन् ।’
जस्लाई पनि सारोगारो परेका बखत बोलाएको ठाउँमा तत्काल जाने सक्ने सहयोग गर्ने र नगरबासीको गुनासो सुन्ने काम, गुनासो सम्बन्धित निकायमा पुर्याउने समाधान समेत गर्न सक्ने क्षमता भएकै कराण पाण्डे हरेक मानिसको मन मनमा बस्न सफल हुनुभएको छ । हक्की र सहयोगी स्वभावका उहाँ एमालेभित्रका परिचित व्यक्ति मात्र नभएर पाण्डे पार्टी बाहिरकालाई पनि सहयोग गर्ने स्वभावका हुनुहुन्छ । यही स्वभावका कारण उहाँको पहिचान अन्य युवा नेताहरुको भन्दा पृथक छ ।
सम्पूर्ण उर्जाशील समय राजनीतिमार्फत निरन्तर जनसेवामा समर्पण गरेकी रोजिना पाण्डेबाट समाजले सिक्नुपर्ने धेरै कुराहरु छन् । उहाँको यही समर्पण र निस्वार्थ लगावप्रति झापाली जनताको अथाह माया र सम्मान थियो, जसका कारण उहाँ लोकप्रिय हुनुहुन्छ र प्रदेश अधिवेशनकालागि युवा इकाईतर्फबाट प्रतिनिधिकारुपमा सर्वसम्मत चयन हुनुभयो । नेकपा एमालेको युवा संघमा लामो समय नेतृत्व गर्नुभएका पाण्डेको दृढनिश्चयी र काममा लगावबाट परिचित अर्जुनधाराका जनताले उहाँको यही स्वभावका कारण समृद्घ नेपाल सुखी नेपाली र नेकपा एमालेलाई मजवुत बनाउने काममा अब्बल हुनुहुनेछ भन्ने विश्वास राखेर उहाँलाई प्रतिनिधिका रुपमा पठाएका हुन् । प्रदेश अधिवेशनका लागि झापाबाट चयन भएका कुल १ सय ८१ प्रतिनिधिहरुमध्ये पाण्डे उमेरका हिसावले आफु सबैभन्दा कान्छी प्रतिनिधि रहेको दाबी गर्नुहुन्छ ।
अब उहाँलाई प्रदेश कमिटीमा बसेर जिम्मेवारी बहन गर्ने इच्छा छ रे । ‘म एकपटक प्रदेश कमिटीको सदस्य भएर पार्टीलाई हाक्ने इच्छा छ , शायद मेरो यो इच्छा यहि अधिवेशनबाट पुरा हुनेमा म विश्वस्त छु ’ उहाँले भन्नुभयो—‘मेरो पार्टी र नेतृत्वले त्यो जिम्मेवारी दिए, पछि हटदिन् स्वीकार गर्छु र पार्टीलाई एक कदम माथि उठाउँछु मेरै कारणले पार्टी र नेतृत्वको साख गिराउने काम कदावि गर्दिन् ।’ कुनै समय पार्टी संकटमा पर्न लागेका बखत एमालेलाई जोगाउन पाण्डेले खेलेको भूमिका प्रशंसनीय रहेको कतिपय बताउँछन् । झापामा लामो समयदेखि ओली पक्षमा रहेर पाण्डेले ‘पिलर’को काम गर्नुभएको छ । ‘युवा संघमा पाण्डे नहुनु भएको भए झापा युवा संघमा ठुलो विभाजन हुन्थ्यो,उहाको कारणले रोकियो,’ एमालेका एक नेताले भने ।


























