“स्वर्ग जाने होइन ,बनाउँने हो”:योगी पिताम्बर

A notice in Nepali from Mechinagar Ward No. 10

तपाई अनि हामी सबैले टेकेको भूमिको महत्व र पवित्राताको दृष्टिमा हामीले चिन्तन गर्‍यौँ भने स्वर्ग यही पाउँछौँ । स्वर्गको यर्थाथता यदि कतै छ भने मेरो देश नेपाल भन्दा अन्त पाउन्न सकिन्न । यो देशको प्रकृति र यहाँको संस्कृति नै यसको आधार हो । यस्तो पवित्र र देव भुमिको नागरिक बन्न पाएकोमा हामी सबैको शिर गर्वले उच्च हुन स्वभाविक हो ।

संसारको उत्कृष्ट विचारमध्ये सनातन परम्पराको आधार स्थान नेपाल हो, जहाँबाट मानवको विकास र सिङ्गो प्रकृतिको संरक्षणको सिद्धान्तको सनातन परम्पराको जन्म भयो । हजारौ ऋषि मुनिको तपस्थली स्थल बन्यो । यहाँको प्रकृति संसारको उत्कृष्ट स्थान बन्यो, यहाँको संस्कृति संसारको लागि प्रिय बन्यो । यस्तो स्वर्ग मेरो देश नेपाललाई नमन।जसले मलाई स्वर्गीक आनन्द दियो । देवका देव महादेवको प्रिय भुमि इतिहासदेखि अहिलेसम्म संसारको शान भयो । यही भूमि जसमा, सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, अर्थात् सबैको सुखी हुन्, सबै रोगमुक्त रहुन्को स्तुति यही भुमीबाट भयो । यस्तो पवित्र र देव भूमिको व्याख्या गर्न शायद शब्दमा सकिन्न । सनातन धार्मिक ग्रन्थ र धार्मिक दृष्टिकोणमा नेपालको पवित्रताको बारे ऋषि वेदव्यासले यस भुमिको महत्व र पवित्रतालाई आफ्नो शब्दमा लेखिएका हजारौं श्लोक मध्ये केही श्लोक यहाँ प्रस्तुत गर्न आवस्यक ठान्छु , जसले यस भुमिको पवित्रता र स्वर्गको प्रमाण दिनेछ ।

 

मानवको भौतिकरुपमा मात्र हैन धार्मिक रुपमा समेत मुक्ति अर्थात् आत्माको मुक्ति र विश्वासमा सबै धार्मिक ग्रन्थको मत छ । सनातन अर्थात हिन्दु धर्म जसमा विभिन्न तिर्थस्थल अर्थात धार्मिक क्षेत्रको दर्शनबाट समेत स्वर्ग जान सकिने तथ्य र विश्वास रही आएको पाउन सकिन्छ । नेपालको नाम कसरी रहन गयो भन्ने पृष्ठभुमी हेर्दा पनि थाहाँ हुन्छ कि नेपाल नाम रहनु पछाडीको कारण यस भुमिमा मरिचि ऋषि पुत्र ने नामक महातस्वी, जसले १२ वर्ष सम्म देवी भवानी बज्रयोगिनीको कठीन तपस्या पस्चात देवी प्रसन्न भएर भन्नु भयो, जहाँ शिवजीको ज्योतिर्लिङ्ग छ, त्यो पशुपतक्षेत्र अतिपावन पुण्यदायी क्षेत्र हो, यस क्षेत्रको संरक्षण साथै पालन गर । यस कर्मले तिम्रो कल्याण हुनेछ । यसो भन्दै देवीले तिमीद्धरा पालन र संरक्षण गरीएको क्षेत्र तिम्रै नामले प्रख्यात हुनेछ भनी चेत गराउनु भयो । उनै ने मुनिद्धारा परिपालन गरीएको हुनाले यस क्षेत्रको नाम नेपाल हुन गयो । हुँदाहुदै समय कालखण्डमा यस क्षेत्र एक स्वतन्त्र देशको रुपमा स्थापित भयो । सत्य युगदेखि नै अधिकांश देव र ऋषिहरुको तपस्स्थल नेपाल नै भएको पनि विभिन्न श्लोकले पुष्टि गर्छ । यसै कुराको प्रमाण स्कन्दपुराणको हिमवत् खण्डमा  यसरी वताईएको छ ,
जम्बूद्धीपे पुरे द्धे हि रुद्रेणाधिष्ठितेनिशम् ।
काशीं पाशुपञ्चैव तयोः पाशुपतम् बरम् ।।
बलिष्टं क्षेत्रमेतस्मात् त्रिलोकेषु भविधते ।
अर्थात् जम्बुद्धीपमा रौद्रः (शिवजीका) दुई क्षेत्र छन् । एक भगवान् पशुपतिनाथको नगर पाशुपतक्षेत्र, नेपाल र दोस्रो भगवान विस्वनाथको नगर, काशी, जस मध्ये पशुपत क्षेत्र विशेष भएकाले यस तिर्थको दर्शन गर्नाले मात्र पनि धर्म,अर्थ,काम,मोक्ष चारप्रकारका फल प्राप्त हुन्छ । यस तिर्थ पापादि अधर्मको नाश गरेर मुक्ति दिने क्षेत्रको रुपमा मानिएकोछ । जसकारण नेपाल जस्तो पवित्र तिर्थभुमि कहीं छैन । हामी यस्तो पवित्र भुमिपुत्र हौं जहाँ भगवान पशुपति जगत्का मालिक रहन्छन् । उनी संसारका मानिस मात्र हैन, प्राणी समेतका मालिक हुन् । यस्तो पुण्य भुमिको पुत्र हुनुमा गर्भ छ ।

त्यस्तै स्कन्दपुराणको हिमवत् खण्डको ५७औं अध्यायमा लेखिएकोछ ,
त्रैलोक्यानां गरिष्टोयं नेपाल इति सर्वतः ।
द्धीपानाञ्च सप्तानां जम्बूद्धीपो गरीयस ः ।।
तस्माच्चतुर्गुणं ज्ञेयं क्षेत्रं च कामदम् ।
भुक्तिमुक्तिप्रदं साक्षात् पशुपतिस्थलं महत् ।।
अर्थात् सात द्धीपहरुमा जम्बूद्धीप श्रेष्ठतम् मानिन्छ ,त्यस्तै तीनै लोकमा श्रेष्ठतम् जम्बूद्धीप अन्तर्गत पनि श्रेष्ठतम् क्षेत्र नेपाल हो । जम्बूद्धीपमा नेपाल वाराणसीभन्दा चारगुणा श्रेष्ठ एवं महत्वपुर्ण मानिन्छ । यो क्षेत्र मनुष्यको मनोरथ पुरा गर्न र मनुष्यलाई भक्ति मात्र नभएर मुक्ति पनि दिन सक्ने साक्षात् पशुपतस्थल रहेको छ । यसकारण नेपाल भन्दा पबित्र र उत्कृष्ट  भुमि कहीं पनि छैन । यस विषयमा ऋषी वेदव्यसले पुराणमा पनि अनन्त उल्लेख गरेको पाउन सकिन्छ । स्नान,सन्ध्या,जप,तप,पितृश्राद्ध,तर्पण,काम्यकर्म,ध्यान,योग,तपस्या, यावत कर्मको लागि पनि यस क्षेत्र जस्तो पवित्र भूमि अन्त पाउन सकिन्न ।

यदि संसारलाई एक परिवारको रुपमा राख्न सम्भव छ भने त्यो बिचार सिद्धान्तले हैन अध्यात्मले सम्भव छ किनकी बिचार सिद्धान्त दिमागबाट पैदा हुन्छ , जुन सबैलाई मान्य नहुन सक्छ तर अध्यात्म मन अर्थात भावबाट हुने भएको कारण यसबाट संसार एक परिवार हुन्छ । आध्यात्मको पृष्ठभूमि खोज्ने हो भने त्यो नेपालको पृष्ठभुमी हो, जसको प्रणेता वैदिकआर्य हुन् । यी आर्य नेपालका आदिवासी हुन् । यसको प्रमाण शास्त्रमा यसरी लेखिएकोछ , आर्यबर्तःपुण्यभूमि र्मध्यंविन्ध्य हिमालयौ । विन्ध्याचल र हिमालयका बीचमा भएको भाग नेपाल नै आर्याबर्त क्षेत्र हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.