मेचीनगर,मङ्सिर १६।साउदी प्रो लिगमा अल हिलालको अपराजित यात्रा निरन्तर छ।
हिजो राती सम्पन्न खेलमा अल नासर अल हिलालसँग ३–० गोलले पराजित भएको छ । किङ फाद इन्टरनेसनल स्टेडियम रियादमा गएराति भएको खेलमा जितसँगै अल हिलाल २२ खेलमा अपराजित छ ।
अल हिलालका एलेक्जेण्डर मित्रोभिचले दुई तथा सेर्गेज मिलिन्कोभिक सभिकले एक गोल गरे । सबै तीन गोल दोस्रो हाफमा भएका थिए ।
पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले लिगमा तेस्रो हार ब्यहोरेको छ ।
गएको अगस्टमा अरब क्लब च्याम्पियन्स कपमा अल नासरसँगै २–१ ले पराजित भएयता अल हिलालले हार बेहोरेको छैन । जसमा १९ जित र ३ बराबरीको नतिजा छ ।




















