पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन त्यता प्रस्थान गर्नुभएको छ।
‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मुख्य विषय रहेको उक्त सम्मेलन भोलिदेखि आइतबारसम्म सञ्चालन हुनेछ।
पूर्वराष्ट्रपति भण्डारीले सम्मेलनलाई विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन आज चीन प्रस्थान गर्नुभएको छ। परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण मुख्य विषय (थिम) रहेको यो अन्तर्राष्ट्रिय सम्मेलन भोलिदेखि आइतबारसम्म आयोजना हुँदैछ।
site stats
विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम
सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ। सम्मेलन अन्तर्गत विभिन्न समसामयिक विषयमा समानान्तर सत्रहरू, उच्चस्तरीय प्यानल छलफल तथा गोलमेच बैठकहरूको समेत आयोजना गरिएको छ।
सम्मेलनका मुख्य एजेन्डा र विषयवस्तु
यस ग्लोबल गभर्नेन्स सम्मेलनमा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति तथा शान्ति स्थापना कार्यमा आवश्यक पर्ने सुधारका विषयमा व्यापक छलफल हुनेछ। यसका साथै बहुपक्षीयताको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकहरूको बढ्दो भूमिका तथा अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का देशहरूको भूमिकालगायतका महत्वपूर्ण मुद्दाहरूमा समेत बहस हुने अपेक्षा गरिएको छ।