पिकअप भ्यानसहित राजश्व छली गर्ने एक पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर। पिकअप भ्यानसहित राजश्व छली गरेको सामानसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मोरङको रतुवामाई नगरपालिका ७ बाट प्र १–०४–००१ च १०८३ नम्बरको पिकअप गाडीमा अवैध रूपमा राजश्व छली गरी ल्याएको चामल नियन्त्रणमा लिएको हो ।

 

सोना मन्सुली लेखिएको एक सय बोरा चामल र चामल ढुवानी गर्न प्रयोग भएको सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चामल र सवारीसहित ६ लाख १७ हजार ५ सय बराबरको बरामद सामान बरामद भएको प्रहरीले जनाएको छ।

सवारी चालक रङ्गेली नगरपालिका २ का २८ वर्षीय दिनेश साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । गाडीसहित पक्राउ परेको सामान र व्यक्तिलाई भन्सार कार्यालय विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.