केपी ओली कप आगामी फागुन ११ गतेदेखि

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ। दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।प्रतियोगितामा भारत र भुटानका क्लब पनि खेल्ने भएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालले फागुन ११ गतेदेखि १९ गतेसम्म काठाडौँमा आयोजना गर्न लागेको प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन लिगका क्लब र विदेशि क्लबहरु सहभागी हुने सङ्घका अध्यक्ष क्षितिज थेवेले जानकारी दिनुभयो । नकआउट शैलीमा हुने खेल सेमिफाइनलसम्म च्यासल रंगशालामा हुनेछ ।

फाइनल खेल दशरथ रंगशालामा हुनेछ । यसअघि प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो । प्रतियोगिताको फाइनलबाहेक सबै खेल च्यासलस्थित एन्फाको मैदानमा हुनेछ  । फाइनल खेल भने दशरथ रंगशालमा हुने आयोजकले जनाएको छ ।  नेपालका ‘ए’ डिभिजन र विदेशी टोलीलाई प्रतियोगितामा सहभागी गराउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ११ लाख र दोस्रो टोलीले ५ लाख  रुपियाँ पाउनेछन् । उत्कृष्ट खेलाडीले एक लाख रुपियाँ, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिने छ । हरेक खेलको ‘म्यान अफ दि म्याच’ले १५ हजार रुपियाँ प्राप्त गर्नेछन्  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.