काँकरभिट्टामा देवकोटा जयन्ती मनाईँयो

A notice in Nepali from Mechinagar Ward No. 10

२५ कात्तिक, मेचीनगर ः नेपाली साहित्यकाशका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८ औं जन्मजयन्ती विविध कार्यक्रम गरी झापाको काँकरभिट्टामा मनाइएको छ ।

आफ्ना कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै महाकवि देवकोटाको ११८ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको हो ।

हरेक वर्षको नेपालका साथै भारतको दार्जिलिङ सिक्किम एवम् नेपाली भाषीको बाहुल्य भएका क्षेत्रमा लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती धुमधामका साथ मनाउने गरिन्छ । झापाको मेचीनगर-६ काँकरभिट्टास्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा पार्कमा देवकोटा पार्क व्यवस्थापन समितिले कार्यक्रम आयोजना गरेको थियो ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक २७ गते कृष्ण औँशी अर्थात् लक्ष्मीपूजाका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साहिंलो छोराका रुपमा काठमाडौको डिल्लीबजारमा भएको थियो ।

<img class="aligncenter size-full wp-image-73361" src="https://meromechinagar.com/wp-content/uploads/2026/11/Bhanu-Jayanti-at-kakarvitta-2083-1.webp" alt="" width="1600" height="911" />

आयोजक संस्थाका अध्यक्ष बालकृष्ण थापाको अध्यक्षता र प्रतिनिधि सभा सदस्य रमेश प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा सुसेली साहित्यीक परीवार पूर्व अध्यक्ष तथा आख्यानकार पुण्यप्रसाद खरेलले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी र उनले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानका विषयमा प्रष्ट पारेका थिए ।

१० वर्षका उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको शुरुवात गरेको साहित्यकार खरेलले बताए । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तत्काल लेख्न सक्ने साहित्यिक विशेषता र क्षमता रहेको खरेलले जानकारी गराएका थिए ।

‘पागल’ कविता देवकोटाको अर्को महान सिर्जना भएको र जसमार्फत् आफूलाई पागल भन्नेहरूलाई उनले कविताबाटै जवाफ दिएको खरेलको भनाई थियो ।

समकालीन समयमा देवकोटा यति चर्चित थिए कि, भारतीय महापण्डित डाक्ट राहुल साङ्कृत्यायनले ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानव अवतारका रूपमा लिएको भन्दैं भारतका तत्कालीन चर्चित तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेको स्मरण गराए ।

विज्ञान विषयमा प्रमाणपत्र अध्ययन पूरा गरेपछि मानविकी सङ्कायमा सरेर अंग्रेजीमा स्नातकोत्तर अध्ययन गरेका देवकोटालाई चर्चित भने नेपाली साहित्यले गरायो । काठमाडौंमा त्यतिबेला मध्यम परिवारमा जन्मिएका लक्ष्मीप्रसाद देवकोटा लक्ष्मी पूजाको दिन नै जन्मिएकाले लक्ष्मीको प्रसादको रुप मानेर नाम नै लक्ष्मी प्रसाद राखिएको खरेलले स्पष्ट पारे ।

<img class="aligncenter size-full wp-image-73362" src="https://meromechinagar.com/wp-content/uploads/2026/11/Bhanu-Jayanti-at-kakarvitta-2083-2.webp" alt="" width="1080" height="648" />भाषा, साहित्य र हाम्रा मूर्धन्य साहित्यकार तथा स्रष्टाहरू उनीहरूका सिर्जनासँगै जिउँदै छन् र यो पृथ्वी रहुन्जेल बाँचिरहनेछन् । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य रमेश प्रसाईले देवकोटा पार्कलगायत काँकरभिट्टा माध्यमिक विद्यालय, काँकरभिट्टा बहुमुखी क्याम्पस, काँकरभिट्टा खानेपानी संस्थाका जग्गाहरु सम्बन्धित संस्थाका स्वामित्वमा धनीपूर्जा कायम गराउन आफmू यथाशक्य लाग्ने वचनवद्धता गर्दै जातीय समन्वयका निम्ति लेखिएको आफ्नो कविता सुनाएर महाकविको बालकविता सहित श्रद्धाञ्जली व्यक्त गरे । कार्यत्रममा संविधान सभा सदस्य रविन कोइराला, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र भानु साहित्यिक प्रतिष्ठान मेचीनगरका अध्यक्ष डिल्लीराम घिमिरेले देवकोटा पार्कको जग्गा संरक्षण गर्ने, देवकोटा पार्क कायम गर्ने इतिहासको चर्चा गर्दै देवकोटाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।कार्यक्रममा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेती, काँकरभिट्टा बहुमुखी क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका कमल बिष्ट, श्रम संस्कृति पार्टीका जिल्ला नेता रन्जित आङ्देम्बे, नेपाली कम्यूनिष्ट पार्टीका कोशी प्रदेश सचिवालय सदस्य शंकर थापा, पर्यटन मञ्च झापा, नेपालका अध्यक्ष एवम् रोटरी क्लब अफ काँकरभिट्टाका निवर्तमान अध्यक्ष उदयकुमार श्रेष्ठ, सुसेली साहित्यिक परिवारका सहसचिव मदन अधिकारी, सदस्य दुर्गा अधिकारी भेटवाल, लायन्स क्लव मेचीनगरका नवराज श्रेष्ठ, दीपक कार्की, नगरपालिकाका पूर्व लेखा अधिकृत राजन भेटवाल, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष सन्तोष खवास, पत्रकार लक्ष्मी उप्रेती तथा विमर्श उप्रेती, मुकुन्द शिवाकोटी, कमला दाहाल, रीमा खरेललगायतको उपस्थिति थिए ।

<img class="aligncenter size-full wp-image-73364" src="https://meromechinagar.com/wp-content/uploads/2026/11/Bhanu-Jayanti-at-kakarvitta-2083-4.webp" alt="" width="1440" height="1080" />

पार्क व्यवस्थापन समितिका सचिव शेखरकाजी थापाले सञ्चालन, सल्लाहकार गणेशकुमार खरेलले सहभागी सवैलाई स्वागत गरेका थिए । अध्यक्ष थापाले उपस्थित सबैप्रति कृतज्ञता प्रकट गर्दै सभा समापन गरेको कार्यक्रममा सुसेलीका पूर्व उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले हँस्यौली प्रस्तुत गरे । वि.सं. २०१६ भदौ २९ गते सालमा संसारबाट बिदा भएका यिनै महाकविको यो जन्मजयन्तीमा उनीप्रति श्रद्धासुमन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.