दुईदिन लाईन अबरुद्घ हुँदा मेचीनगरमा करीब ५० लाख रुपैयाँ नोक्शान, उद्योगी व्यवसायी मारमा

१० माघ, मेचीनगर : सरकारले देशैलाई लोडसेडिङ मुक्त घोषणा गरिरहेका बेला झापा मेचीनगर नगरपालिका र बद्घशान्ति गाउँपालिकामा साप्ताहिरुपमा दुई दिन विद्युत आपूर्ति असहज हुँदा सर्वसाधारण मारमा परेका छन् । यसैका कारण यी दुई पालिकाभित्र सञ्चालनमा रहेका ठूला तथा साना सवै खाले उद्योगहरुले आर्थिक भार खेप्नु परेको मेची उद्योग बाणिज्य सघ मेचीनगरले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय कोशी प्रदेश, प्रादेशिक कार्यालय विराटनगर, धुलावारी वितरण केन्द्रले १६ मंसिरदेखि साप्ताहिक रुपमा प्रत्येक शनिबार र मंगलबार विहान ८ देखि बेलुका ४ बजेसम्म झापा मेचीनगर नगरपालिका र बुद्घशान्ति गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा विद्युत आपूर्ति अबरुद्घ गर्दै आएको छ । नेपाल विद्युत प्राधिकरण धुलबारी वितरण केन्द्र अन्तर्गत पर्ने ३३÷११ के.भी. सबस्टेशनको ३३ के. भी. लाईनको डग कन्डक्टर लाई उल्फ कन्डक्टरमा अपग्रेडिङ गर्नका लागि लाईन अबरुद्घ गर्नुपरेको जनाएको छ । यद्यपि कार्य सम्पन्न भएमा तोकिएको समय भन्दा अगावै लाईन सञ्चालन हुने प्राधिकररणले जारी गरेको सुचनामा उल्लेख छ ।

यसको सवैभन्दा ठूलो मार यी दुई पालिकाभित्र सञ्चालनमा रहेका ठूला तथा साना सवै खाले उद्योगहरुले खेप्नु परेको मेची उद्योग बाणिज्य सघ मेचीनगरका अध्यक्ष खेमराज प्रसाईले जानकारी दिनुभयो । ‘प्रायः सबै उद्योग कल कारखनामा विद्युतीय मेसिन छन्, खुट्टाले मात्रै चलाउने मेसिन छैनन्, अध्यक्ष प्रसाईले भन्नुभयो—‘ विद्युत अनियमित हुँदा व्यवसाय नै धरापमा पर्ने अवस्था आउन लाग्यो’ विद्युत प्राधिकरणले १६ मंसिरदेखि साप्ताहिक रुपमा प्रत्येक शनिबार र मंगलबार विहान ८ देखि बेलुका ४ बजेसम्म यी दुईपालिकामा हुने लाईन अबरुद्घ कहिलेदेखि नियमित हुन्छ भन्न पनि सकेको छैन् ।’ दुईदिन यी क्षेत्रमा लाईन अबरुद्घ हुँदा मेचीनगरमा मात्र करीब ५० लाख रुपैयाँ नोक्शान हुने उहाँको तर्क छ ।

विद्युतको अबरुद्घले आमनागरिकले सास्ती खेप्न बाध्य भएको उहाँको भनाई छ । उहाँले विद्युत अनियमित हुँदा स्थानीयलाई समस्या भएको र अर्कोतिर उद्योग व्यवसायमा पनि अत्याधिक नराम्रो प्रभाव परेको बताउनुभयो । ‘मेसीनहरु विग्रिने, उद्योग बन्द हुने अवस्थामा पुगे ’ अध्यक्ष प्रसाईले भन्नुभयो—‘यी दुई दिन तः सवै मेसीन उल्टो चल्छन् के भएको हो थाहा छैन् । हत्तपत्त बन्द नगरे सवै मेसीनमा समस्या आउछ । जेनेटर चलाउने अवस्था छैन् । सवै उद्योग र कलकारखानामा जेनेरेटर छैनन् । इन्धनको मूल्य बढेकाले बिजुलीको प्रयोग बढाउनुपर्ने अवस्था छ । विद्युत समस्याकै कारण अधिकांश उद्योगले आवश्यक परेको उत्पादन गर्न नसकेर घाटा सहन बाध्य भएका छन् ।’

कपडा उद्योग, होटल व्यवसाय र पोल्ट्री व्यवसायी समस्यामा परेका छन् । राइस कुकरमा खाना बसाउन नभ्याउँदै काटिएको विजुली कुनबेला आउने हो पत्तो नहुँदा गृहिणीहरु समेत समस्यामा परेका छन् । सरकारले प्राकृतिक इन्धनको खपत घटाउन विद्युतीय सामाग्री प्रयोगका लागि प्रोत्साहन गरिरेको छ । तर साप्ताहिरुपमा दुई दिन हुने लाईन अबरुद्घले विद्युतीय मेसिन प्रयोग गर्ने व्यवसायी झनै बढी समस्यामा छन् । बत्ती गइरहँदा दैनिक कामकाज पनि प्रभावित बन्ने गरेको एकता ट्रेडर्स मेचीनगरका सञ्चालक फणिन्द्र घिमिरेको भनाई छ ।

बिजुली काटिँदा मेचीनगरका होटल व्यवसायीहरु बढी मारमा परेको होटल व्यवसायी संघ मेचीनगरले जनाएको छ । फ्रिज चलाउन नपाए पकाउने तयारीमा राखिएको सबै सामान बिग्रिएर जाने संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठ गोपाल फेवाले गुनासो गनुभयो । मेचीनगर नगरपालिकाभित्र ठूला र साना गरी ३ सय ३० वटा होटल रहेको उहाँको भनाई छ । विद्युत प्राधिकरणले सुचना जारी गरेर लाईन अबरुद्घ गरेको भए पनि नगका होटल व्यवसायीहरुले दैनिक घाटा व्यहोर्नु परेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

लाईन अबरुद्घ हुँदा व्यवसायीहरु बढी मारमा परेका छन् ।टेलरमा बिजुली नहुँदा थन्किएको सिलाई मेसिन र सानो सोलार बत्ति बालेर खुट्टाको प्रयोगले कपडा सिलाउँनु परेको टेलर व्यवसायकिो भनाई छ । ‘कपडा सिलाउन आउने ग्राहकलाई छिटो सुविधा दिन भनेर विद्युतीय मेसिन जडान गरियो, लाईन अबरुद्घ हुँदा उल्टै काममा ढिलासुस्ती हुने गरेको छ’, टेलर व्यवसायी उमा श्रेष्ठले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.