बर्नार्ड फेरि पनि विश्वकै सर्वाधिक धनाढ्य, विनोद चौधरी १७६४ औं स्थानमा

न्युयोर्क : फोर्ब्स पत्रिकाले यस वर्षको धनाढ्यहरूको सूची सार्वजनिक गरेको छ। फोर्ब्स धनाढ्यको ३८औं वार्षिक सूचीमा विश्वभरका २ हजार ७ सय ८१ अर्बपति परेका छन्। सूचीमा अघिल्लो वर्षभन्दा १ सय ४१ जना नयाँ अर्बपति थपिएका हुन्। विश्वका अत्याधिक धनीहरू पहिलेभन्दा अझै धेरै धनी भएका छन्। उनीहरूको संयुक्त सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ।

यस वर्षको सबैभन्दा धनाढ्य व्यक्ति बर्नार्ड अर्नाल्ट हुन्। उनी लगातार दोस्रो वर्षका लागि पहिलो स्थानमा परेका छन्। सेफोरा र लुइस भिट्टनलगायतका फेसन र सौन्दर्य प्रशाधनका ब्रान्डका साथै फ्रान्सेली लक्जरी सामानका उत्पादक अर्नाल्टको कुल सम्पत्ति २३३ बिलियन अमेरिकी डलर छ।

सूचीको दोस्रो नम्बरमा अमेरिकी अर्बपति एलन मस्क परेका छन्। ५२ वर्षीय मस्कको विद्युतीय गाडी कम्पनी टेस्ला, रकेट निर्माण कम्पनी स्पेस एक्सलगायतका ६ वटा कम्पनी छन्। उनको कुल सम्पत्ति १९५ बिलियन अमेरिकी डलर छ। ६० वर्षीय जेफ बेजोस अर्बपतिको सूचीमा तेस्रो भएका छन्। अमेरिकी नागरिक बेजोस प्रविधिको क्षेत्रमा संलग्न छन्। उनको कुल सम्पत्ति १९४ बिलियन अमेरिकी डलर छ। बेजोसले ई–कमर्स कम्पनी एमाजोन सन् १९९४ मा स्थापना गरेका हुन्।

फेसबुकका मालिक मार्क जुकरबर्ग १७७ बिलियन डलरसहित चौथो भएका छन्। ३९ वर्षीय जुकरबर्गले सन् २००४ मा फेसबुकको सुरुवात गरेका हुन्।
प्रविधिको क्षेत्रका अर्का अर्बपति ल्यारी इलिसन फोर्ब्सको सूचीमा पाँचौं नम्बरमा परेका छन्। सफ्टवेयर कम्पनी ओर्‍याकल कर्पोरेसनका मालिक इलिसन ७९ वर्षका भए। यी अमेरिकी नागरिकको कुल सम्पत्ति १४१ बिलियन डलर छ।

विश्वभरका छैटौं धनाढ्य वारेन बफेट बनेका छन्। ९३ वर्षीय बफेटको कुल सम्पत्ति १३३ बिलियन डलर छ। त्यसैगरी अमेरिकाका बिल गेट्स र स्टिभ बलमर क्रमशः सूचीमा सातौं र आठौं धनाढ्य भएका छन्। ६८ वर्षीय गेट्सको कुल सम्पत्ति १२८ बिलियन डलर छ भने सोही उमेरका बलमरको सम्पत्ति १२१ बिलियन डलर छ।

भारतीय अर्बपति मुकेश अम्बानी सूचीको नवौं नम्बरमा पर्न सफल भएका छन्। रिलायन्स इन्टष्ट्रिजका मालिक अम्बानीको कुल सम्पत्ति ११६ बिलियन डलर छ। सूचीको दसौं नम्बरमा ल्यारी पेज परेका छन्। ५१ वर्षीय पेजको कुल सम्पत्ति ११४ बिलियन डलर छ।

नेपालका एक मात्र अर्बपति विनोद चौधरी फोर्ब्सको सूचीमा १७६४ औं स्थानमा परेका छन्। उनको कुल सम्पत्ति १.८ बिलियन अमेरिकी डलर छ।

अन्नपूर्णपोष्टबाट

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.