अडियो प्रकरणमा मुछिएका रास्वपा सांसद सुनारमाथि आन्तरिक छानबिन

A notice in Nepali from Mechinagar Ward No. 10
अडियो प्रकरणमा मुछिएका रास्वपा सांसद सुनारमाथि आन्तरिक छानबिन

📌 मुख्य बुँदाहरू:

  • महिला हिंसासम्बन्धी अडियो सार्वजनिक भएपछि रास्वपा सांसद खगेन्द्र सुनारमाथि छानबिन सुरु भएको छ।
  • विगतमा पनि एक महिलालाई कुटपिट गरेको विषयमा उनी स्वयम्भू वृत्तको हिरासतमा पुगेको खुलेको छ।
  • सांसद सुनारले भने उक्त अडियो एआईमार्फत बनाइएको दाबी गर्दै छानबिनमा सहयोग गर्ने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणका कारण पुनः विवादमा तानिएका छन्। एक महिलालाई अपशब्द बोल्दै ज्यान मार्ने धम्की दिएको भनिएको अडियो सार्वजनिक भएपछि पार्टीले उनीमाथि आन्तरिक छानबिन अघि बढाएको छ भने सार्वजनिक कार्यक्रममा बोल्न रोक लगाएको छ।

यसैबीच, उक्त अडियो बाहिरिएसँगै सांसद सुनारको विगतको विवादसमेत बाहिर आएको छ। प्राप्त जानकारी अनुसार, उनी केही समयअघि एक महिलामाथि कुटपिट गरेको आरोपमा स्वयम्भू प्रहरी वृत्तको हिरासतमा पुगेका थिए। विसं २०७८ ताका सीतापाइला क्षेत्रमा भएको लेनदेन विवादमा उनले ती महिलामाथि कुटपिट गरेको आरोप लागेको थियो।

घटनालगत्तै सुरक्षा निकायको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको निर्देशनमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। एक दिन हिरासतमा बसेपछि दुई पक्षबीच भएको मिलापत्रका आधारमा उनी रिहा भएको उच्च स्रोतले जनाएको छ।

यता, सांसद सुनारले भने भिडियोमार्फत आफ्नो स्पष्टीकरण दिँदै उक्त अडियो फर्जी भएको र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरी आफूलाई फसाउन खोजिएको दाबी गरेका छन्। उनले पार्टीले गर्ने छानबिनमा पूर्ण सहयोग गर्ने र आवश्यक परे निलम्बनसमेत स्वीकार गर्ने बताएका छन्।

स्रोत: OnlineKhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.