चाडपर्वमा मासु खाँदा हड्डी अड्किने जोखिम, चिकित्सकद्वारा सतर्कता अपनाउन आग्रह

मासुसँगै मदिरा सेवन गर्ने, कुराकानी गर्ने तथा हतारमा खाना निल्ने बानीले घाँटीमा हड्डी अड्किने समस्या निम्त्याउन सक्ने भन्दै विशेषज्ञहरूले सचेत गराएका छन्।

A notice in Nepali from Mechinagar Ward No. 10
मासु खाँदा घाँटीमा हड्डी अड्किएर अस्पताल पुगेका बिरामीको स्वास्थ्य परीक्षण गर्दै चिकित्सक

📌 मुख्य बुँदाहरू:

  • दशैंलगायतका चाडपर्वमा मासुको हड्डी अड्किएर नाक, कान तथा घाँटीरोग विभागमा बिरामीको चाप अत्यधिक बढ्ने गरेको छ।
  • मासु खाँदा मदिरा पिउने, मोबाइल चलाउने र हतारमा राम्ररी नचपाएर निल्ने व्यक्तिहरूमा हड्डी अड्किने जोखिम उच्च हुन्छ।
  • कमजोर दाँत भएका ज्येष्ठ नागरिक र बालबालिका यसबाट बढी प्रभावित हुने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्।

दशैंलगायतका चाडपर्वमा मासुको हड्डी अड्किएर नाक, कान तथा घाँटीरोग विभागमा बिरामीको चाप बढ्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन्। चाडपर्वका बेला लगातार विभिन्न प्रकारका मासुका परिकार पाक्ने र खाने क्रममा ध्यान नपुर्‍याउँदा यस्तो जोखिम उत्पन्न हुने गर्छ।

मासुको हड्डी अड्किएर अस्पताल आउने बिरामीहरूमा वयस्कदेखि ज्येष्ठ नागरिकसम्म रहने गरेका छन्। विशेष गरी मासु खाँदा मदिरा पिउने, खानाप्रतिको ध्यान मोडेर कुराकानी गर्ने वा मोबाइल चलाउने व्यक्तिहरूमा असावधानीका कारण समस्या निम्तिने गरेको चिकित्सकहरूको भनााइ छ। हतारमा खाना निल्नु, मासु राम्ररी नचपाउनु र हड्डी छुट्याउने तर्फ ध्यान नदिँदा यो समस्या हुने गर्छ।

ज्येष्ठ नागरिकमा बढी जोखिम

यस प्रकारको समस्याको सबैभन्दा ठूलो जोखिम ज्येष्ठ नागरिकहरूमा रहने गरेको छ। उनीहरूको दाँत झरेको वा कमजोर भएको अवस्थामा मासु राम्ररी चपाउन कठिन हुने तथा उमेर बढ्दै जाँदा निल्ने प्रक्रियामा समेत परिवर्तन आउने भएकाले मासुसँगै सानो हड्डी निलिने वा घाँटीमा अड्किने सम्भावना उच्च हुन्छ।

कहाँ अड्कन सक्छ हड्डी?

मासुको हड्डी मुख तथा घाँटीको संवेदनशील भागमा, खाना नलीमा वा श्वासप्रश्वास नलीमा समेत अड्किन सक्ने चिकित्सकहरू बताउँछन्। हड्डी अड्किएको शङ्का भए पनि बाहिरबाट हेरेर त्यसको ठ ακ्याट स्थान र गम्भीरता थाहा पाउन सकिँदैन। त्यसैले यस्ता लक्षण देखिएमा घरमै पर्खेर नबसी तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्ने चिकित्सकको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.