भारतमा महिला बनेर एक हजार जनालाई हनी ट्र्यापमा पार्ने युवक पक्राउ

कोलकाताकी मोडललगायतका तस्बिर प्रयोग गरी चिकित्सक, इन्जिनियर र सरकारी अधिकारीहरूलाई ब्ल्याकमेल गर्दै असुली

A notice in Nepali from Mechinagar Ward No. 10
भारतमा हनी ट्र्यापको घटनामा पक्राउ परेका व्यक्तिको अनुसन्धानका क्रममा बरामद सामग्रीहरू

📌 मुख्य बुँदाहरू:

  • भारतको हैदराबादमा नक्कली महिला अकाउन्टमार्फत करिब १ हजार जनालाई हनी ट्र्यापमा पारेर पैसा असुल्ने २३ वर्षीय पवन कुमार पक्राउ परेका छन्।
  • पीडितहरूमा चिकित्सक, प्रहरी, व्यापारी, सरकारी अधिकारी, सफ्टवेयर इन्जिनियर र प्राध्यापकसहित विभिन्न पेसाका व्यक्तिहरू रहेका छन्।
  • चारमिनारका डिसिपी किरण खरेका अनुसार आरोपीले चार वर्षदेखि विभिन्न व्यक्तिका तस्बिर प्रयोग गरेर यो ठगी धन्दा चलाउँदै आएका थिए।
  • प्रहरीले आरोपीको साथबाट तीनवटा मोबाइल फोन, एउटा ल्यापटप र १६ जिबीको पेन ड्राइभ बरामद गरेको छ।

भारतको हैदराबादमा सामाजिक सञ्जालमा महिलाको नक्कली अकाउन्ट बनाएर चिकित्सक, इन्जिनियर र सरकारी अधिकारीसहित करिब एक हजार जनालाई हनी ट्र्यापमा पार्ने एक युवक पक्राउ परेका छन्। हैदराबाद प्रहरीले २३ वर्षीय पवन कुमारलाई पक्राउ गरी उनीमाथि अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार पवनले विभिन्न व्यक्तिका नक्कली सामाजिक सञ्जाल अकाउन्टमार्फत मानिसहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाएर कुराकानी सुरु गर्ने गर्दथे। कुराकानी बढ्दै गएपछि सेक्स च्याटसम्म पुग्ने र उनीहरूका नग्न तस्बिर तथा भिडियो मगाउने गरिएको थियो। त्यसपछि तिनै केटीको दाजु बनेर अर्को व्यक्तिले पीडितहरूसँग मोटो रकम बार्गेनिङ गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।

चार वर्षदेखि चलिरहेको थियो ठगी धन्दा

चारमिनारका डिसिपी किरण खरेका अनुसार आरोपी पवनले गत चार वर्षदेखि कोलकाताकी एक मोडलसहित अन्य महिलाहरूको तस्बिर प्रयोग गर्दै आएका थिए। उनले भारतका विभिन्न राज्यका मात्र नभई विदेशमा बस्ने मानिसहरूलाई समेत यसरी धरापमा पारेर पैसा असुल्दै आएको प्रहरीले जनाएको छ।

पीडितहरूको सूचीमा विभिन्न पेसाका प्रतिष्ठित व्यक्तिहरू समेत रहेका छन्। प्रहरीका अनुसार ठगिनेहरूमा चिकित्सक, प्रहरी, व्यापारी, सरकारी अधिकारी, सफ्टवेयर इन्जिनियर र प्राध्यापकसहितका करिब १ हजार जना व्यक्ति रहेका छन्।

कसरी सुरु भयो आपराधिक गतिविधि?

तेलंगानाका पवन कुमार हैदराबादको बालानगरस्थित सेन्ट्रल इन्स्टाग्राम अफ टुल डिजाइनमा डिप्लोमा अध्ययनरत थिए। तर, दोस्रो वर्षमै पढाइ छाडेका उनले परिवारलाई भने आफू अर्को कलेजमा बीटेक पढ्दै गरेकोझुटो कुरा बताएका थिए। हैदराबादमै सानातिना काम गर्ने भनिएका उनी पूर्ण रूपमा बेरोजगार भएपछि यस्ता आपराधिक क्रियाकलापमा संलग्न भएको प्रहरीको भनाइ छ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले आरोपीको साथबाट तीनवटा मोबाइल फोन, एउटा ल्यापटप र १६ जिबीको पेन ड्राइभ बरामद गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.