भारतको अरुणाचलमा जलविद्युत् बाँधविरुद्धको प्रदर्शन उग्र, झडपमा ४० प्रहरी घाइते

११ हजार २०० मेगावाट क्षमताको जलविद्युत् आयोजनाविरुद्ध स्थानीयवासीले गरे तोडफोड र आगजनी, चीनसँगको सीमा तनावका कारण अघि बढाइएको छ परियोजना

A notice in Nepali from Mechinagar Ward No. 10
भारतको अरुणाचल प्रदेशमा जलविद्युत् बाँधविरुद्ध भएको प्रदर्शन
पढ्न लाग्ने समय: २ मिनेट • कुल शब्द: २३४

📌 मुख्य बुँदाहरू:

  • भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाविरुद्ध भएको प्रदर्शनमा ४० जना प्रहरी घाइते भएका छन्।
  • स्थानीयवासीले सरकारी जलविद्युत् कम्पनी एनएचपीसीको कार्यालय, प्रहरी चौकी र जनप्रतिनिधिका घरहरूमा तोडफोड तथा आगजनी गरेका छन्।
  • चीनको सम्भावित सीमागत गतिविधिका कारण भारतले ब्रह्मपुत्र नदी क्षेत्रमा यो परियोजना अघि बढाउन खोजेको हो।

भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाविरुद्ध भएको प्रदर्शनका क्रममा भएको झडपमा परी ४० जना प्रहरी घाइते भएका छन्। घर र जमिन गुम्ने चिन्ताले आन्दोलित बनेका स्थानीयवासी र सुरक्षाकर्मीबीचको झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरिवएको थियो।

मुख्यमन्त्री पेमा खाण्डुका अनुसार सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्न लागेको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’ को विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले आन्दोलनका क्रममा प्रहरी चौकी, एनएचपीसीको कार्यालय र जनप्रतिनिधिका घरहरूमा समेत तोडफोड र आगजनी गरेका छन्।

आयोजनाको पृष्ठभूमि र स्थानीयको चिन्ता

आयोजना निर्माण भएपछि आफ्नो घर र जमिन सधैंका लागि गुम्ने भयले स्थानीयवासी आन्दोलित भएका हुन्। चीनले सीमा नजिकै निर्माण गर्न लागेको १६७ अर्ब अमेरिकी डलरको विशाल आयोजनाका कारण ब्रह्मपुत्र नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव प्रभावित हुन सक्ने भन्दै भारतले जवाफमा यो बाँध निर्माण गर्न खोजेको रणनीतिक महत्वको परियोजना मानिएको छ।

यसैबीच, भारतको विदेश मन्त्रालयले सीमा क्षेत्रमा उत्पन्न हुने सुरक्षा चासबारे स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सीमा क्षेत्रमा चिनियाँ सेनाको गतिविधिका कारण बेलाबेलामा तनाव उत्पन्न हुने गरेको बताउँदै दुवै देश कूटनीतिक र सैन्य संयन्त्रमार्फत विवाद समाधानका लागि नियमित सम्पर्कमा रहेको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.