ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ग्लोबल फाइनान्सद्वारा प्रदान गरिएको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने ग्लोबल आइएमई पहिलो नेपाली बैंक बनेको छ।

A notice in Nepali from Mechinagar Ward No. 10
ग्लोबल आइएमई बैंकलाई प्रदान गरिएको बेष्ट बैंक अवार्ड २०२६
Estimated Reading Time: २ min • Total Words: ३०७

📌 मुख्य बुँदाहरू:

  • ग्लोबल आइएमई बैंक लिमिटेड लगातार तेस्रो वर्ष प्रतिष्ठित ‘बेष्ट बैंक अवार्ड २०२६’ बाट सम्मानित भएको छ।
  • थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीले अवार्ड ग्रहण गरेका छन्।
  • वित्तीय श्रोत परिचालन, संस्थागत विश्वसनीयता, डिजिटल पहुँच र जोखिम व्यवस्थापनलाई मुख्य आधार मानेर बैंकलाई पुरस्कृत गरिएको हो।

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ।

योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो। ग्लोबल आइएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गरेको थियो। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एक विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए।

अवार्डको आधार र अन्तर्राष्ट्रिय ख्याति

ग्लोबल फाइनान्सले वित्तीय श्रोत परिचालनको क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यवसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को सफल प्रयोग, दिगो कर्जा प्रवाह एवं सबल जोखिम व्यवस्थापनलाई मुख्य आधार मानेर बैंकलाई पुरस्कृत गरेको जनाएको छ।

समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरुलाई समेत पुरस्कृत गरिएको थियो। जसमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आइसीबीसी, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको यूओबी मलेशिया, बङ्लादेशको सिटी बैंक, जापानको एमयूएफजी बैंकलगायत अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बैंकहरु विभिन्न विधामा सम्मानित भएका छन्।

बैंकको प्रतिक्रिया र पहिलो नेपाली बैंकको कीर्तिमान

यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बैंकले जनाएको छ। उक्त सम्मानका लागि बैंकले विभिन्न पक्षबाट बैंकको प्रगतिमा सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरु, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गमा हार्दिक आभार व्यक्त गरेको छ। ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने ग्लोबल आइएमई बैंक पहिलो नेपाली बैंक हो। ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकहरुलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.