एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने

आगामी मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलामार्फत पार्टी पङ्क्तिलाई एकताबद्ध र उत्साहित बनाउँदै स्थानीय तहको निर्वाचनको तयारीमा जुट्ने तयारी

A notice in Nepali from Mechinagar Ward No. 10
नेकपा एमालेको बैठकलाई सम्बोधन गर्दै पार्टी नेताहरू
Estimated Reading Time: ३ min • Total Words: ३३५

📌 मुख्य बुँदाहरू:

  • नेकपा (एमाले) को राष्ट्रिय भेला आगामी मंसिर २ र ३ गते आयोजना हुने
  • भेलामा केन्द्रीय कमिटी, निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा जनप्रतिनिधिसहित ३ हजार १६४ जनाको सहभागिता रहने
  • पार्टी उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रिय भेलामार्फत पार्टी पङ्क्तिमा एउटै बुझाइ र लय विकास गर्ने उद्देश्य रहेको बताए

नेकपा (एमाले) को आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ। राष्ट्रिय भेलाको तयारीका क्रममा मंगलबार पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा दोस्रो बैठक सम्पन्न भएको छ।

बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले पार्टीको आन्तरिक जीवन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र जनजीविकाका सवालमा पार्टी पङ्क्तिमा एउटै बुझाइ र लय विकास गर्नु राष्ट्रिय भेलाको मुख्य उद्देश्य रहेको बताए। पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले सिङ्गो पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने निर्णय गरेको उल्लेख गर्दै उनले केन्द्रीय कमिटीका निर्णयको आलोकमा पार्टी पङ्क्तिलाई उत्साहित बनाउँदै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुटाउन पनि राष्ट्रिय भेला सफल हुने विश्वास व्यक्त गरे।

स्थानीय तह निर्वाचनको तयारीमा जुट्न आग्रह

स्थानीय तहको निर्वाचनमा एमालेले आफ्नो प्रभाव र सामर्थ्य प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै उपाध्यक्ष पौडेलले २०८२ सालको निर्वाचनको परिणाम क्षणिक र अस्थायी धक्का भएको पार्टीको बुझाइलाई व्यवहारबाट प्रमाणित गर्दै एमालेलाई पुरानै राजनीतिक धारमा फर्काउनुपर्ने बताए। राष्ट्रिय भेलामार्फत पार्टी पङ्क्तिलाई उत्साहित र सक्रिय बनाउँदै आगामी राजनीतिक चुनौतीको सामना गर्न तयार पारिने उनको भनाइ छ। “सडकमा जानुपर्दा सडकको तयारी र निर्वाचनमा जानुपर्दा निर्वाचनकै तयारीका साथ अघि बढ्नुपर्छ,” उनले भने।

बैठकमा पार्टी महासचिव शंकर पोखरेलले राष्ट्रिय भेलालाई सफल बनाउन सबै नेता तथा कार्यकर्तालाई सक्रियतापूर्वक परिचालित हुन आग्रह गरे। भेलाको सन्देश पार्टी पङ्क्ति र जनस्तरसम्म पुर्‍याउन व्यापक प्रचारप्रसारमा जुट्न पनि उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

३ हजार बढी प्रतिनिधिको सहभागिता रहने

बैठकको अध्यक्षता गरेका पार्टी सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले राष्ट्रिय भेलाको तयारीका क्रममा अहिलेसम्म भएका कामबारे जानकारी गराएका थिए। उनले राष्ट्रिय भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्ला, स्थानीय तह, जनसंगठन तथा विभिन्न तहका जनप्रतिनिधिसहित कुल ३ हजार १६४ जनाको सहभागिता रहने जानकारी दिए।

📄 प्रेस विज्ञप्ति / सूचना

blog
📄 blog
प्रेस विज्ञप्ति / सूचना
📄 प्रेस विज्ञप्ति / आधिकारिक सूचना
एमाले राष्ट्रिय भेलाको तयारी तीव्र
📄 एमाले राष्ट्रिय भेलाको तयारी तीव्र
एमाले राष्ट्रिय भेलाको तयारी तीव्र
📄 एमाले राष्ट्रिय भेलाको तयारी तीव्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.