हात लाटो हुने र झमझमाउने समस्या ‘कार्पल टनेल सिन्ड्रोम’ हुन सक्छ

बेलाबेला हात दुख्ने र झमझमाउने लक्षणलाई बेवास्ता गर्दा दैनिक कार्यमा कठिनाइ आउन सक्ने चिकित्सकहरूको चेतावनी

A notice in Nepali from Mechinagar Ward No. 10
हातमा दुखाइ र झमझमाउने समस्या महसुस गर्दै गरेका व्यक्ति
पढ्न लाग्ने समय: २ मिनेट • कुल शब्द: २१२

📌 मुख्य बुँदाहरू:

  • हातको नाडीमा रहेको स्नायुमा अत्यधिक दबाब पर्दा कार्पल टनेल सिन्ड्रोमको समस्या उत्पन्न हुन्छ।
  • हात सुन्निने, झमझमाउने, सियोले घोचेझैँ हुने र वस्तु समात्न गाह्रो हुने यसका प्रमुख लक्षण हुन्।
  • विशेषगरी रातिको समयमा यस्ता लक्षणहरू बढी बल्झिने र महसुस हुने गर्दछन्।

बेलाबेला हात लाटो भएको महसुस हुने, झमझमाउने, दुख्ने र कहिलेकाहीँ राति यस्ता समस्या धेरै वल्झिने गरेमा त्यसलाई सामान्य रूपमा लिनु हुँदैन। धेरै मानिसले यसलाई सामान्य ठानेर बेवास्ता गर्ने गरे पनि यो ‘कार्पल टनेल सिन्ड्रोम’ को लक्षण हुन सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्।

कार्पल टनेल सिन्ड्रोम हातको नाडीमा रहेको मुख्य स्नायुमा दबाब पर्दा हुने एक प्रकारको स्वास्थ्य समस्या हो। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का अनुसार यो समस्या हुँदा हात, औँला वा पाखुरामा अत्यधिक दुखाइ महसुस हुन सक्छ। यसले गर्दा बिरामीको दैनिक जीवन र कामकाजमा समेत असर पुग्न सक्छ।

प्रमुख लक्षण र जोखिमका कारणहरू

यस समस्यामा हात सुन्निने, हातमा सियोले घोचेझैँ हुने, बूढीऔँला कमजोर हुँदै जाने तथा कुनै पनि वस्तु वा सामान समात्न गाह्रो हुने जस्ता लक्षणहरू देखा पर्छन्। यी लक्षणहरू सुरुमा सामान्य रूपमा वा बीचबीचमा देखिने र हराउने हुन सक्छन्। तर, विशेषगरी रातिको समयमा वा सुतेको बेला यी लक्षणहरू बढी सक्रिय हुने गर्छन्।

कार्पल टनेल सिन्ड्रोमको मुख्य कारण नाडीको संरचनाभित्र स्नायुमा पर्ने निरन्तरको दबाब नै हो। यस्तो समस्या समयमै पहिचान गरी उपचार नगरेमा हातका मांसपेशीहरू कमजोर हुँदै जाने जोखिम रहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.