पाँचौं एसियाली पारा खेलकुदः पलेशा गोवर्धन पदकविहीन

जापानको आइची–नागोयामा जारी प्रतियोगितामा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन इरानी खेलाडीसँग पराजित हुँदै पदकविहीन बन्न पुगेकी छन्।

A notice in Nepali from Mechinagar Ward No. 10
जापानको आइची–नागोयामा जारी पाँचौं एसियाली पारा खेलकुदमा सहभागी नेपाली खेलाडी पलेशा गोवर्धन

📌 मुख्य बुँदाहरू:

  • नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन जापानमा जारी पाँचौं एसियाली पारा खेलकुदमा पदकविहीन बनेकी छन्।
  • महिला के-४४ अन्तर्गत ५७ केजीमुनिको तौल समूहमा पहिलो चरणमा इरानकी जाहरा रहिमीसँग १२-१ अंकले पराजित भइन्।
  • रिपिचेजमा कजाकस्तानकी कामिल्या दोस्मालोभालाई १४–१० ले हराए पनि कांस्य पदकका लागि भएको अन्तिम भिडन्तमा इरानकै मरियम अब्दुल्लापोर डेरोईसँग १८–६ अंकले पराजित भई उनको पदक यात्रा समाप्त भयो।

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन जापानको आइची–नागोयामा जारी पाँचौं एसियाली पारा खेलकुदमा पदकविहीन बनेकी छन्। सन् २०२३ मा चीनको हाङचाउमा भएको प्रतियोगितामा कांस्य पदक जितेकी पलेशाले यसपटक पदकको रङ परिवर्तन गर्ने लक्ष्य राखे पनि सफलता हासिल गर्न सकिनन्।

महिला के-४४ अन्तर्गत ५७ केजीमुनिको तौल समूहमा सहभागी पलेशाको चुनौती दुई इरानी खेलाडीसँगको प्रतिस्पर्धामा समाप्त भएको हो। यस विधामा आठ खेलाडी मात्रै रहेकाले उनले सिधै क्वार्टरफाइनलबाट खेलको सुरुवात गरेकी थिइन्। पहिलो चरणमा उनी इरानकी १७ वर्षीया जाहरा रहिमीसँग १२-१ अंकले पराजित भइन्। पेरिस पारालिम्पिकमा रजत पदक जितेकी तथा यस प्रतियोगितामा तेस्रो वरीयतामा रहेकी रहिमीविरुद्ध पलेशाले अपेक्षित प्रदर्शन गर्न सकिनन्।


रिपिचेजको जित र कांस्य पदकको भिडन्त

क्वार्टरफाइनलमा पराजित भए पनि पलेशाका लागि रिपिचेजमार्फत पदक जित्ने सम्भावना बाँकी नै थियो। रिपिचेजको अवसर सदुपयोग गर्दै उनले कजाकस्तानकी ३४ वर्षीया कामिल्या दोस्मालोभालाई १४–१० अंकले हराइन। यो जितसँगै पलेशाले हाङचाउ एसियाली खेलकुदको सेमिफाइनलमा कामिल्यासँग बेहोरेको हारको हिसाबसमेत बराबर गरिन्।

चीनमा रजत पदक जितेकी कामिल्यामाथिको सफलताले पलेशालाई कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने अवसर दिलाएको थियो। तर, अन्तिम भिडन्तमा पलेशाले चौथो वरीयताकी १९ वर्षीया इरानी खेलाडी मरियम अब्दुल्लापोर डेरोईसँग सामना गर्नुपर्‍यो। खेलको पहिलो राउन्डमा ४–० ले पछि परेकी पलेशाले दोस्रो राउन्डमा पनि सुधार गर्न सकिनन् र समग्रमा १८–६ अंकले पराजित हुन पुगिन्। एकै दिन इरानका दुई फरक खेलाडीसँग हार बेहोरेपछि उनको पदक जित्ने अभियान टुंगिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

[mero_group id="15734"]

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.