नेपाल प्रिमियर लिग : कर्णाली याक्सद्वारा बंगलादेशी ब्याटर जिशन आलाम अनुबन्ध

तेस्रो सिजनका बाँकी खेलका लागि कर्णालीले बंगलादेशका युवा ब्याटिङ अलराउण्डर जिशनलाई टिममा भित्र्याएको हो।

A notice in Nepali from Mechinagar Ward No. 10
कर्णाली याक्समा अनुबन्धित बंगलादेशी ब्याटर जिशन आलाम

📌 मुख्य बुँदाहरू:

  • कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि बंगलादेशी ब्याटर जिशन आलामलाई अनुबन्ध गरेको छ।
  • २१ वर्षीय अलराउण्डर जिशन कर्णालीमा अनुबन्ध हुने तेस्रो बंगलादेशी खेलाडी हुन्।
  • कर्णालीले सोमबार काठमाडौं गोर्खाजविरुद्ध खेल्ने खेलमा जिशन उपलब्ध हुनेछन्।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि कर्णाली याक्सले बंगलादेशका युवा ब्याटर जिशन आलामलाई अनुबन्ध गरेको छ। कर्णाली याक्स स्पोर्ट्स प्रा.लिले आइतबार एक विज्ञप्ति जारी गर्दै टिमको शीर्षक्रमलाई थप मजबुत बनाउने उद्देश्यले जिशनलाई बाँकी खेलका लागि टिममा भित्र्याएको जानकारी गराएको हो।

कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले जिशनको आगमनसँगै टिमको ब्याटिङ लाइनअप अझ बलियो हुने विश्वास व्यक्त गरेका छन्। अध्यक्ष घिमिरेका अनुसार जिशन पछिल्लो समय उत्कृष्ट लयमा रहेका छन् र टिममा यसअघि नै अन्य बंगलादेशी खेलाडीहरू पनि रहेका कारण उनलाई नेपालको वातावरणमा खेल्न सहज हुनेछ। जिशन कर्णालीमा अनुबन्ध हुने तेस्रो बंगलादेशी खेलाडी हुन्। यसअघि टिममा अरिफुल इस्लाम र अकवर अली अनुबन्ध भइसकेका छन्।

site stats
site stats

जिशनको खेल जीवन र प्रदर्शन
२१ वर्षीय ब्याटिङ अलराउण्डर जिशनले बंगलादेशको यू–१९ टोलीबाट खेलिसक्नुका साथै ए टिम र फ्रेन्चाइज टोलीहरू राजशाही वारिअर्स र दुरबार राजशाहीबाट पनि व्यावसायिक क्रिकेट खेलिसकेका छन्। उनले लिस्ट 'ए' का ४९ खेलमा १ हजार २९५ रन तथा २७ टी–२० अन्तर्राष्ट्रिय खेलमा ५ सय ७१ रन बनाएका छन्।

यसअघि अस्ट्रेलियामा आयोजित टप एण्ड टी–२० शृंखलामा नेपालविरुद्धको खेलमा जिशनले सानदार प्रदर्शन गर्दै अविजित ५२ रन बनाएका थिए। सो खेलमा बंगलादेशले ९ विकेटको जित निकाल्दा जिशनले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए। सोही खेलमा कर्णाली याक्सबाट खेलिरहेका अरिफुल इस्लामले पनि ३४ रन बनाएका थिए।

एनपीएलमा कर्णालीको प्रदर्शन र आगामी खेल
कर्णाली याक्सले प्रतियोगिताको पहिलो दुवै खेलमा जित निकाल्दै उत्कृष्ट सुरुआत गरिसकेको छ। कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले र दोस्रो खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको थियो। कर्णालीले सोमबार प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेल काठमाडौं गोर्खाजसँग खेल्दैछ र सो खेलमा नवनियुक्त खेलाडी जिशन उपलब्ध हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.